Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

छविस पाथिभेरा गाउँपालिकाले सेफहाउसलाई गर्यो ५० हजार सहयोग

२०७५, १९ पुष बिहीबार १०:२५

सम्राट सिंह | पौष १९, बझाङ  | जिल्लाको छविसपाथिभेरा गाउँपालिकाले पिडित महिलाहरुका लागि काम गर्ने संस्था महिला सेफहाउसलाई ५० हजार सहयोग गरेको छ । हिंसामा परी न्यायका लागि सदरमुकाम चैनपुर आएका पिडित महिलाहरुलाई खाना खर्च भनेर गाउँपालिकाले सोमबार सेफहाउसलाई आर्थिक सहयोग गरेको हो ।


महिला अधिकार मञ्चद्घारा २०६९ सालदेखि सञ्चालित सेफहाउसले हिंसामा परेका महिलाहरुको न्यायका लागि सहयोग गर्दै आएको छ । सेफहाउसले हिंसामा परेका पिडित महिलाका न्यायका लागि २० दिनसम्म खान र बस्नका लागि निशुल्क व्यवस्था गर्ने गरेको छ । महिला सेफहाउस संञ्चालनका लागि युएनएफपिए संस्थाले पनि आर्थिक सहयोग गर्दै आएको महिला अधिकार मञ्च बझाङका अध्यक्ष जयन्ती जोशीले बताइन् । उनले भनिन् हामीले हिंसामा परेका पिडित महिलाको पक्षमा आवाज उठाउन र न्याय दिलाउन सहयोग गर्ने गरेका छौ । यसरी सेफहाउस संञ्चालनका लागि छविसपाथिभेरा गाउँपालिका जस्तै अन्य स्थानिय सरकारले पनि सहयोग गरे थप हौसला  मिल्ने उनको भनाइ छ ।

विभिन्न हिंसामा परेर न्याय खोज्दै सदरमुकाम चैनपुर आएका पिडित महिलाहरुलाई सेफहाउसले निशुल्क खान र बस्नको सुविधा दिदा ठूलो राहत मिलेको छ । महिला अधिकार मञ्चले सेफहाउसको स्थापना गरेपछि हालसम्म झण्डै २ हजार  पिडित महिलाहरुले राहात पाएको महिला अधिकार मञ्चको तथ्यांकमा उल्लेख छ ।

जिल्लामा महिला हिंसामा परेर समस्यामा रहेका महिलाहरुको खाना खर्च भनेर महिला अधिकार मञ्चले संञ्चालनमा ल्याएको महिला सेफहाउसका लागि ५० हजार सहयोग गरेको छविसपाथिभेरा गाउँपालिकाका अध्यक्ष अक्कल धामीले बताए । दुःखमा परेका पिडित महिलाहरुका लागि आफुले सदैव सहयोग गर्ने पनि उनको भनाइ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै