2026-09-14 09:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बाबुको मृत्यु, आमा अर्कैसँग, तीन बालकको बिचल्ली

लक्ष्मीप्रसाद सापकोटा । पुस २०, पर्वत । जन्म दिने बाबुको अकालमै मृत्यु हुनु र आमा दोस्रो विवाह गरी गएपछि उनीहरूले जन्म दिएका बालबालिकाको अवस्था कस्तो होला ? हामी सहजै अनुमान गर्न सक्छौँ, निकै दयनीय । यहाँको एक दलित समुदायका तीन बालक यस्तै बिचल्लीमा परेका छन् । 

पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित छेउखन्नाका धनबहादुर दमैका तीन छोरा बिचल्लीमा परेका हुन् । धनबहादुरको २०७४ मङ्सिर १४ गते मृत्यु भएको हो भने उहाँका दुई श्रीमती सावित्री दमै विगत चार वर्षअघि र कान्छी श्रीमती देवी परियार दुईवर्ष अघि दोस्रो विवाह गरी छाडेर गए । देवीतर्फका छोरा विवेक दमै र सावित्रीतर्फ जन्मिएका विशाल र विश्वास अहिले सहाराविहीन बनेका छन् । उनीहरू वृद्ध हजुरबुबा र हजुरआमाको साथमा जीवनयापन गर्दै आएका छन् । 

जग्गा जमीनको नाममा सानो झुप्रोबाहेक केही नभएका उनीहरूको आम्दानीको स्रोत नहुँदा बिहान बेलुकाको छाक टार्न र एकसरो लुगा लगाउन समेत धौधौ परेको हजुरआमा गौमती दमैले बताउनुभयो । सत्तरी वर्षीय हजुबुबा केदार दमै गाउँमै मजदूरी पेशा गर्दै आउनुभएको छ । “उहाँले काम पाउँदाको दिन र कमाइ भएको दिन तीन नातिले पेट भरिञ्जेल खान पाउँछन् नत्र खानसमेत पाउने अवस्था छैन”, हजुरआमा गौमतीले रुँदै भन्नुभयो, “मेरो परिवारमा बज्रपातनै प¥यो ।” 

पन्ध्र वर्षीय विशाल कक्षा ९, १४ वर्षीय विवेक कक्षा ७ र १२ वर्षीय विश्वास कक्षा १ मा अध्ययन गर्दै आएका छन् । स्थानीय सार्वजनिक माविमा अध्ययन गर्दै आएका उनीहरूलाई नियमित पठनपाठनमा समेत समस्या भएको छ । अहिलेसम्म कुनै निकायबाट पनि सहयोग पाइएको छैन, जाडो महीना छ, गतिलो कपडासमेत लगाउन नपाउँदा बालक झनै समस्यामा परेका छन् । 

अहिलेको निकै जाडोमा गतिलो कपडा लगाउने र ओढ्ने ओच्छ््याउने समेत नहुँदा निकै समस्यामा परेको गौमतीले बताउनुभयो । “सहयोगको नाममा नगरपालिकाले रु १० हजार सहयोग गरको थियो । सोही पैसाले छोराको मृत्यु हुँदा लागेको ऋण तिरियो । अहिले परिवारमा निकै ठूलो आर्थिक समस्या परेको छ”, उहाँको दुखेसो पोख्नुभयो । 

जिल्लामा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल सरुवा भएर आएपछि भने बालकलाई भगवाननै आए जस्तो भएको छ । प्रमुख जिल्ला अधिकारी ढकालले उक्त परिवारको राहतका लागि पहल गर्दै आउनुभएको छ । गत वैशाखमा सरुवा भएर आउनुभएका ढकालले गत जेठ महीनामै बालकहरूको हेरचाह, पालनपोषण र शिक्षादीक्षाका लागि पहल गरेपछि अहिले नियमितरूपमा मासिक रु ६ हजार परिवारले पाउने गरेको छ । स्थानीय वडाको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी ढकालले एसओएस सामाजिक सेवा केन्द्र गण्डकीलाई पत्राचार गरेपछि अहिले उक्त संस्थाले तीन बालकका लागि मासिक रु दुई÷दुई हजारका दरले सहयोग गर्दै आएको छ । 

उक्त परिवारले गत असार महीनादेखिनै मासिक रु ६ हजारका दरले हालसम्म रु ४२ हजार बुझिसकेको छ । रकम आउन थालेपछि भने नातिलाई नियमितरूपमा दाल र भात खुवाउन पुगेको गौमतीले बताउनुभयो । गतिलो लुगा लगाउन, ओढ्ने, ओच्छ्याउने कपडा किन्न नपुगे पनि बिहान बेलुकाको छाक टार्न र कलम कापी किन्नका लागि निर्वाह भएको गौमतीले बताउनुभयो । “बाबालिकालाई पढाउन कुनै संस्था वा निकायले सहयोग गरेमा उच्च शिक्षा हासिल गरेर राम्रो मान्छे बन्ने थिए कि भन्ने आशा गरेका छौँ”, जिल्ला प्रशासन कार्यालयमा आएकी गौमतीले भन्नुभयो, “यही सहयोग पनि सिडियो सरले मिलाइदिनुभयो, हामीलाई भगवान आएझैँ भएको छ ।” 

प्रमुख जिल्ला अधिकारी ढकालले बालबालिकाको भविष्य राम्रो बनाउन आफूले सहयोगी निकाय खोजी गरेको बताउनुभयो । उहाँले उनीहरूलाई पठनपाठन गराउने र परिवारका लागि नियमित सहयोग गर्ने सहयोगी निकायको खोजी आफूले निरन्तररूपमा गरिरहेको बताउनुभयो । 

बालकहरूले आफूलाई जन्म दिने आमाबाबु नहुँदा निकै असहज भएको गुनासो गरेका छन् । “वृद्ध भएका हजुरबुबा हजुरआमा हुनुहुन्छ”, विवेकले भन्नुभयो, “उहाँहरू पनि बिरामी पर्दाको दिन भोकै सुत्नुपर्ने अवस्था छ ।” कुनै सहयोगी निकायले सहयोग गरेमा उच्च शिक्षा हासिल गरेर शिक्षक र डाक्टर बन्ने आफूहरूको इच्छा रहेको बालकहरूले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ