२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा आफ्नै भत्ताबाट मेयरले किनिदिए मजदुरलाई रिक्सा

२०७५, २२ पुष आईतवार ०२:४७

पुष २२, परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका प्रमुख भीमबहादुर थापाले आफूले पाउँदै आएको तलब, भत्ताबापतको रकमबाट एक मजदुरलाई रिक्सा प्रदान गरेका छन्। चुनावको समयमा तलब भत्ताबापत पाउने रकम ज्येष्ठ नागरिक, असहाय, विपन्न वर्ग र सामाजिक कार्यमा लगाउने प्रतिबद्धताअनुसार नगर प्रमुख थापाले सुनवल–२ रजहाँ बस्तीका ५२ वर्षीया किशोरी बनियालाई रिक्सा प्रदान गरेका हुन्।

बनियाले २८ वर्षदेखि रिक्सा चलाएर परिवार पाल्दै आएका छन्। बजारमा भित्रिएका इ–रिक्साले अन्य रिक्सा विस्थापित भइरहेका छन्। इ–रिक्सा खरिद गर्न रकम नभएको र भएको रिक्सासमेत पुरानो भएकाले परिवार पाल्न समस्या भएको जनाएपछि थापाले उनलाई ३० हजार मूल्यको नयाँ रिक्सा प्रदान गरेका हुन्।

दिनभरको कमाइले पुरानो रिक्सा मर्मत गर्नैमा खर्च भइरहँदा बनियाले घर खर्चसमेत धान्न सकेका थिएनन्। नयाँ रिक्सा पाएपछि दंग हुँदै बनियाले भने, ‘मेयर साहेबको सहयोगले अब दैनिकी गुजारा टार्ने पिरलो हटेको छ।’ नगरप्रमुख थापाले तलब–भत्ताबापत आउने रकम जम्मा गर्न कोष नै खडा गरेर गरिब तथा विपन्नको सहयोग र सामाजिक काममा लगाउँदै आएका छन्।

यसअघि उनले ज्येष्ठ नागरिकलाई मुक्तिनाथ तीर्थ यात्रा, विपन्नको किरिया खर्च, मिर्गौला पीडितको उपचारलगायतमा करिब ५ लाख बढी रकम वितरण गरिसकेका छन्। नगरप्रमुखको पद समाप्तिपछि पनि उक्त कोषमा भएको रकमले विपन्नको सहयोगमा खर्च गर्ने थापाले बताए। तलब, भत्ताबाहेक व्यक्तिगत रकमसमेत कोषमा जम्मा गरेको थापाले जानकारी दिए।


आफ्नो तलबबाट रिक्सा प्रदान गर्दै सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा (बायाँ)। तस्बिर : हरि शर्मा / अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते