२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा आफ्नै भत्ताबाट मेयरले किनिदिए मजदुरलाई रिक्सा

२२ पुष २०७५, आईतवार ०२:४७

पुष २२, परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका प्रमुख भीमबहादुर थापाले आफूले पाउँदै आएको तलब, भत्ताबापतको रकमबाट एक मजदुरलाई रिक्सा प्रदान गरेका छन्। चुनावको समयमा तलब भत्ताबापत पाउने रकम ज्येष्ठ नागरिक, असहाय, विपन्न वर्ग र सामाजिक कार्यमा लगाउने प्रतिबद्धताअनुसार नगर प्रमुख थापाले सुनवल–२ रजहाँ बस्तीका ५२ वर्षीया किशोरी बनियालाई रिक्सा प्रदान गरेका हुन्।

बनियाले २८ वर्षदेखि रिक्सा चलाएर परिवार पाल्दै आएका छन्। बजारमा भित्रिएका इ–रिक्साले अन्य रिक्सा विस्थापित भइरहेका छन्। इ–रिक्सा खरिद गर्न रकम नभएको र भएको रिक्सासमेत पुरानो भएकाले परिवार पाल्न समस्या भएको जनाएपछि थापाले उनलाई ३० हजार मूल्यको नयाँ रिक्सा प्रदान गरेका हुन्।

दिनभरको कमाइले पुरानो रिक्सा मर्मत गर्नैमा खर्च भइरहँदा बनियाले घर खर्चसमेत धान्न सकेका थिएनन्। नयाँ रिक्सा पाएपछि दंग हुँदै बनियाले भने, ‘मेयर साहेबको सहयोगले अब दैनिकी गुजारा टार्ने पिरलो हटेको छ।’ नगरप्रमुख थापाले तलब–भत्ताबापत आउने रकम जम्मा गर्न कोष नै खडा गरेर गरिब तथा विपन्नको सहयोग र सामाजिक काममा लगाउँदै आएका छन्।

यसअघि उनले ज्येष्ठ नागरिकलाई मुक्तिनाथ तीर्थ यात्रा, विपन्नको किरिया खर्च, मिर्गौला पीडितको उपचारलगायतमा करिब ५ लाख बढी रकम वितरण गरिसकेका छन्। नगरप्रमुखको पद समाप्तिपछि पनि उक्त कोषमा भएको रकमले विपन्नको सहयोगमा खर्च गर्ने थापाले बताए। तलब, भत्ताबाहेक व्यक्तिगत रकमसमेत कोषमा जम्मा गरेको थापाले जानकारी दिए।


आफ्नो तलबबाट रिक्सा प्रदान गर्दै सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा (बायाँ)। तस्बिर : हरि शर्मा / अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य