२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

मिस म्याग्दीको उपाधि छन्त्याललाई

२२ पुष २०७५, आईतवार ०२:५६

पुष २२, म्याग्दी (रासस) | किङ्ग क्रियशनले आयोजना गरेको ‘मिस्टर एण्ड मिस मोडल अफ म्याग्दी’ सौन्दर्य प्रतियोगिताको उपाधि बेनीको क्याम्पसचोककी हेना खड्का छन्त्यालले जितेकी छिन् । 

बेनीमा शनिबार भएको फाइनलमा ३२ प्रतिस्पर्धीलाई पछि पार्दै १४ वर्षीया छन्त्यालले मिस्टर एण्ड मिस मोडल अफ म्याग्दीको उपाधि र ताज पहिरिएकी हुन् । कालीपुलकी सोनिया पुन फस्ट रनरअफ भएकी छिन् । विजेता छन्त्यालले रु ५० हजार नगदसहित ताज र प्रमाणपत्र प्राप्त गरिन् । 

फस्ट रनरअफ सोनियालाई म्युजिक भिडियोमा अभिनयको अवसर दिइने आयोजक किङ्ग क्रियशनका सुमन खड्काले बताउनुभयो । ३२ प्रतिस्पर्धीहरु मध्य तीन जना युवा र १२ जना युवती अन्तिम १५ मा छनोट भएका थिए । 


उपाधि विजेता छन्त्याल बेनीको माउन्ट एभरेष्ट आवासीय माविको कक्षा ८ मा अध्ययनरत छिन् । मिस्टर एण्ड मिस म्याग्दीको ताज पहिरिएपछि छन्त्यालले नसोचेको सफलता पाएको र सपनाजस्तो लागेको बताइन् । मोडलिङमा रुचि राख्ने छन्त्यालले आफ्नो कलामार्फत जन्मभूमि र देशलाई चिनाउन योगदान गर्ने बताइन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य