२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कोसी टप्पुमा पानी चराको गणना शुरु

२२ पुष २०७५, आईतवार ०३:०६

पुष २२, इनरुवा (रासस) | चरा र अर्नाका लागि प्रसिद्ध मानिने कोसी टप्पु वन्यजन्तु आरक्षको सीमसार क्षेत्रमा पाइने जलपक्षीको गणना शनिबारबाट शुरु भएको छ । 

सीमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन कोसी टप्पु र यस आसपासका इलाकामा जलपक्षी (पानी चरा) को गणना शुरु भएको कोसी पक्षी समाज प्रकाशपुर सुनसरीका संयोजक अनिश तिम्सिनाले बताउनुभयो । 

कोसी पक्षी समाज, हिमाली प्रकृति, नेपाल पक्षीविद् सङ्घ र कोशी टप्पु वन्यजन्तु आरक्षको अगुवाइमा पानी चराको गणना शुरु भएको हो । प्रत्येक वर्षको अङ्ग्रेजी महीना जनवरीमा गर्ने पानी चरा गणनामा शनिबार पहिलो दिन चतराको सप्तकोसी नदीदेखि कोसी टप्पु वन्यजन्तु आरक्षको उत्तरी सिमाना प्रकाशपुरसम्म गणना गर्ने उहाँले बताउनुभयो । 

चराको वास्तविक अवस्था पत्ता लगाई यसको संरक्षणका लागि आगामी रणनीति तयार गर्न सरकारलाई सहयोग गराउने उद्देश्यले चराको गणना शुरु गरेको कोसी पक्षी समाजका सहसचिव सञ्जीव आचार्यले जानकारी दिनुभयो । 

सुनसरीको चतराबाट शुरु गरिएको चरा गणना कोसी टप्पु आसपासका क्षेत्रमा पाँच दिनसम्म चल्ने बताइएको छ । 

कोसी टप्पु आसपासका क्षेत्रमा चराको काम गर्दै आएका दुई समूहमा गरी जम्मा १४ जनाको टोलीले चराको गणना गर्ने कोसी पक्षी समाज प्रकाशपुर सुनसरीका संयोजक तथा चरा गणना समूहका संयोजक तिम्सिनाले बताउनुभयो । चरा गणनाका लागि गणना टोलीले डुङ्गा, जिप सफारी, क्यामरा, दूरवीन, टेलिस्कोपलगायतका यन्त्र प्रयोग गरेर गणना गर्ने छ । कोसी टप्पुमा विगत सात वर्षदेखि पानी चरा गणना गरिँदै आएको छ । 

कोसी टप्पुमा पछिल्लो तथ्याङ्कअनुसार ५२६ प्रजातिको चरा रहेकामा सन् २०१८ मा गरिएको गणनाअनुसार ५६ प्रजातिका पानी चरा पाइएको गणना टोलीका संंयोजक तिम्सिनाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य