२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

नमुनादीप युवा क्लबले गर्‍यो छात्रवृत्ति दिने घोषणा

२०७५, २२ पुष आईतवार १०:३७

पौष २२, रामेछाप । रामेछाप जिल्लास्थित नमुनादीप युवा क्लब, सैपुले विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । क्लबको दोस्रो कार्यसमितिको बैठकले ७ वटा विद्यालयका गरीब, जेहेन्दार र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।   

क्लबका अध्यक्ष राजन बस्‍नेतकाअनुसार लिखुतामाकोशी गाउँपालिका वडा नं २ सैपुको कालिकादेवी आधारभूत विद्यालय,  अरुणोदय मावि, शहिदस्मृति मावि, चण्डेश्वरी माविका विद्यार्थीलाई प्रदान गर्न लागिएको हो । त्यसैगरी  दुरागाउँको त्रिपुरेश्वर मावि र शङकरेश्वरी आधारभुत विद्यालय, ओखलढुङ्गा लेतिको लेति माविका विद्यार्थीलाई रकम दिने निर्णय भएको छ ।

क्लबले प्रत्येक विद्यालयका १/१ जना गरीब जेहेन्दार विद्यार्थीलाई ५ हजार र विद्यालयको सर्वोत्कृष्ट १/१ जना विद्यार्थीलाई १० हजार रकम प्रदान गर्ने अध्यक्ष बस्नेतले बताए ।


खेलकुदमा प्रतियोगिता गराउँदै र सहभागी हुँदै आएको क्लबले सामाजिक विकासको कार्यक्रमलाई समेत प्राथमिकतामा राखेर विद्यार्थीलाई शिक्षामा प्रोत्साहन गर्न छात्रबृत्ति दिने निर्णय गरिएको नमुनादीप युवा क्लबका उपाध्यक्ष निरोज पौडेलले जानकारी दिए । उनले आयआर्जन, सामुदायिक विकास सचेतना र आर्थिक तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा समेत कार्यक्रम सञ्चालन गर्ने बताए ।

बैठकले सैपु, दुरागाउँ र लेतिका विभिन्न स्थानमा खेलकुद सामाग्री माघमसान्तभित्र प्रदान गर्ने निर्णय गरेको छ । बैठकले क्लबको सल्लाहकार समिति र संरक्षण समितिसमेत बनाएको छ ।

यसैगरी क्लबको सामुदायिक सूचना केन्द्र हाल वडा कार्यालयले प्रयोग गरिरहेकोले मर्मत तथा रंगरोगन गर्न वडा कार्यालयलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

यो पनि पढ्नुहोस् नमुनादीप युवा क्लबमा नयाँ नेतृत्व


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने