Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपुरको मध्यविन्दुमा बस पल्टियो, २३ यात्रु घाइते

२०७५, २३ पुष सोमबार ०२:३९

पुष २३, कावासोती । नवलपुरको मध्यविन्दुमा यात्रुवाहक बस पल्टिँदा २३ यात्रु घाइते भएका छन् । सुर्खेतबाट काठमाडौंतर्फ आउँदै गरेको ना५ख ४६९६ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत मध्यविन्दु–११, बाहुनेकुनामा सोमबार बिहान करिब ३ बजे दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, नवलपुरका अनुसार बसमा सवार ३४ यात्रुमध्ये २३ घाइते भएका छन् । अधिकांश घाइते सुर्खेत, कालीकोट, जाजरकोट, जुम्ला र दैलेखका छन् ।

घाइतेको अवस्था मध्यम तथा सामान्य रहेको र उनीहरुलाई उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।

अनियन्त्रित भएर दुर्घटना भएको बस सडकबाट करिब १०० फिट तल पल्टिएको छ ।

प्रहरीले वीरेन्द्रनगर सुर्खेतका बस चालक २१ वर्षीय हरिबहादुर सुनारलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको  जनाएको छ ।

- विजय चालिसेबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ