२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पातीखोला र रतिखोलामा दोहनमा जनप्रतिनिधिकै मिलेमतोमा

२०७५, २३ पुष सोमबार ०२:५२

रतिखोलामा भइरहेको अवैध उत्खननले मोदी गाउँपालिका ६ तिलाहारमा बस्ती नै जोखिमा परेको छ । खोलाबाट भइरहेको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननले वडाका नदी छेउ किनाराका बस्ती जोखिममा परेका हुन् ।

वडा र कास्की अन्नपूर्ण गाउँपालिकाका सँग जोडिएको सल्यानको बस्ती पहिरोको जोखिममा परेको हो । बस्ती नै जोखिममा पर्ने गरी ढुंगागिट्टीको निकासी हुँदा पनि स्थानीय जनप्रतिनिधिले बेवास्ता गर्दै आएका छन् ।

अनुमतिविनै नदी उत्खनन
केही ठेकेदारले स्थानीय तहबाट अनुमति लिएर नदी उत्खनन गरेका हुन् । तर, नदी क्षेत्रमा करिब एक दर्जनजति स्काभेटर र जेसिबीले विनाअनुमति नै नदी दोहन गरिरहेको पाइएको छ । सहारापार्टीले मध्यरातमा स्काभेटर प्रयोग गरी अबैध उत्खनन् हुने गरेको खबर प्रकाशन गरेपछि प्रहरीले स्काभेटर नियत्रन्णमा लिएको जनाएको छ ।

नदी किनारबाट दुई सय मिटर माथि बस्ती छ । दुबैतिर बस्ती भएका कारण वर्षयाममा कुन बेला कुन ठाउँको बस्ती बगरमा परिणत हुने हो एकिन छैन तर नदीमा दोहन कार्य जारी छ ।

बस्ती उठीवास हुने डर
नदी किनार क्षेत्रका अधिकांश जनप्रतिनिधि आफैँले स्काभेटर भाडामा लिएर अवैध उत्खनन गरिरहेकोसमेत पाइएको छ । जनप्रतिनिधिहरु नै पर्वतमा अबैध रुपमा नदीजन्य बस्तुहरुको तस्करीमा लागेका छन् । कालीगण्डकी नदीमा प्रहरी प्रशासन र क्रसर व्यवसायीहरुको जुहारी नै चल्छ । प्रहरीले क्रसर व्यवसायीका मेसिन पक्राउ गरी ल्याउने र क्रसर व्यवसायीहरु सानो रकम तिरर जिल्ला समन्वय समितिबाट फिर्ता लिने कुकुर विरालाको खेल जारी छ । रतिखोलाको नदी दोहनले थामार्जुङको बस्ती नै जोखिममा पर्ने देखिएको छ ।

यता मोदी गाउँपालिकामा भने मिलेमतो जस्तै देखिएको छ । प्रहरी चौकीकै नजिक मोदीमा अबैध उत्खनन् हुदाँ समेत प्रहरी वेखबर रहेको स्थानीयहरु बताउँछन् ।

उत्खननमा गाउँपालिका अध्यक्षकै संलग्नता
नदीको अवैध उत्खननमा मोदी गाउँपालिकाकै अध्यक्ष प्रेम पौडेलको प्रत्यक्ष संलग्नता देखिएको छ । उनले पातीखोलाको दोहनको लागि आफ्नो खेत प्रयोग गरी अबैध रुपमा स्काभेटर प्रयोग गरी उत्खनन् कार्य गरेको स्थानीयबासीहरुले जनाएका छन् । स्थानीयहरुका अनुसार अध्यक्ष पौडेलको ज्यामिरेमा रहेको खेतबाटै दोहन कार्य शुरु भएको हो । उनको गत वर्ष घर पातीखोलाको बाढीले जोखिमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित