2026-09-14 10:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

शारीरिक अपाङ्गता भएकालाई सम्मान

पुस २३, बागलुङ (रासस) | प्रवीण खड्का स्मृति सेवा कोष बागलुङले अपाङ्गताको क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान र शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई पुरस्कार प्रदान गरेको छ । 

बागलुङ नगरपालिका–२ का स्व प्रवीण खड्काको स्मृतिमा स्थापित कोषद्वारा आइतबार आयोजित एक समारोहमा सम्मान तथा पुरस्कार वितरण गरिएको हो । अपाङ्गताको क्षेत्रमा योगदान पुर्याएबापत पर्वत, फलेवासका जगन्नाथ शर्मा नगद रु पाँच हजारसहित सम्मानित हुनुभएको हो । 

पुरस्कृत हुनेमा पर्वत घर भई बागलुङको जनताधन माविमा अध्ययनरत न्यून दृष्टियुक्त छात्रा दिनाकुमारी पाण्डे र बौद्धिक अपाङ्गतातर्फ बागलुङ विशेष बाल कक्षामा अध्ययनरत कमला थापा हुनुहुन्छ । 

त्यस्तै बहिरा व्यक्तितर्फ कोहलपुर घर भई धौलागिरि बहिरा आवसीय विद्यालय बागलुङमा अध्ययनरत विनिता डिसी र शारीरिक अपाङ्गतातर्फ धौलागिरि बहुमुखी क्याम्पसमा अध्ययनरत बागलुङ, बोहोरागाउँका विष्णुप्रसाद पौडेल पुरस्कृत हुनुभएको हो । 

बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, कोषका अध्यक्ष काजी रोशन र प्रधान संरक्षक धर्मकुमारी खड्काले पुरस्कृत विद्यार्थीलाई संयुक्तरुपमा जनही रु पाँच हजारसहित पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 

शारीरिक अपाङ्गता भएका व्यक्तिको प्रतिभा र योगदानको कदर गर्दै पुरस्कार तथा सम्मान दिने गरिएको कोषका अध्यक्ष रोशनले बताउनुभयो । प्रजिअ खरेलले पुरस्कार र सम्मानले शारीरिक अपाङ्गता भएका व्यक्तिमा उत्प्रेरणा थप्ने उल्लेख गर्नुभयो । 

पुरस्कृत छात्रा पाण्डेले पुरस्कार रकम आफ्नो शिक्षामा खर्च गर्ने बताउनुभयो । ४४ वर्षको उमेरमा निधन हुनुभएका खड्काको स्मृतिमा परिवारजनले विसं २०६४ मा स्थापना गरेको कोषले वर्षेनी शारीरिक अपाङ्गता भएका व्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ