पढ्न करिब 1 मिनेट लाग्छ
<p>पुस २३, महोत्तरी । महोत्तरीको औरही नगरपालिका ३ श्रीपुरमा हिजो साँझ आगलागी भएको छ । आगलागीबाट स्थानीय महेन्द्र यादवको फुसको घर जलेर नष्ट भएको छ । ताप्नको लागि बालेको आगो घुरबाट अचानक सल्किन गई घर पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । <br></p><p>आगलागीबाट घरमा रहेको २० हजार रुपैयाँको सोनि टेलिभिजन १ थान, ५ हजार मुल्यको एउटा, १ लाख मुल्य पर्ने ज.२.प. ६०२ नम्बरको यामहा मोटरसाइकल एउटा, घर भित्र रहेको नगद १ लाख ५० हजार, ३० हजार मुल्यको फुसको घर, इँट्टा र टालीले छाएको घरमा पुगेको क्षति समेत गरी जम्मा ३ लाख ३५ हजार मुल्य बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको छ ।</p><p>आगो अस्थायी प्रहरी पोष्ट कठुधार महोत्तरीबाट खटिएको प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।</p>

