११ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

हावाबाट बिजुली झलमल

२३ पुष २०७५, सोमबार ०७:२४

पुस २३, फिदिम | पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारकी धनमाया निरौलाको होटलमा झलमल बत्ती बलेको छ । नियमित बत्ती बल्न थालेपछि राति अबेरसम्म होटलमा काम गर्न सजिलो भएकोमा उहाँ खुशी हुनुहुन्छ । उहाँलगायत सप्तमीबजार झण्डै १०० घरमा केही दिनदेखि नियमित विद्युत् सुविधा पुगेको छ । 

स्थानीयवासीकै सक्रियता र नेपाल सरकारको सहयोगमा उत्पादित वायु र सौर्य ऊर्जाबाट उत्पादित विद्युत् आयोजनाबाट वर्षौंदेखि अँध्यारोमा बस्दै आएका स्थानीयवासीले उज्यालोको सुविधा पाएका हुन् । सप्तमी बजारमा वायु र सौर्य प्रणालीबाट विद्युत् उत्पादन गरिएको छ । वायुबाट २० किलोवाट र सौर्य प्रणालीबाट ५० किलोवाट विद्युत् उत्पादन गरिएको हो । 

उत्पादित विद्युत् पुस महीनाको दोस्रो सातादेखि परीक्षण प्रशारणमा रहेको छ । पुस मसान्तसम्म परीक्षण गरी माघदेखि चौबिसैघण्टा विद्युत् प्रसारण गरिने सप्तमी वायु तथा सौर्य ऊर्जा मिनीग्रिड उपभोक्ता समितिले जनाएको छ । 

समितिका अनुसार उत्पादित विद्युत्बाट सप्तमी बजारसहित आसपास ११० घरमा विद्युत् जडान गर्ने कार्य चलिरहेको । गत वैशाखको पहिलो सातादेखि निर्माण थालेको टप्सन कृष्णग्रिल जेभीले पुस दोस्रो साता सम्पूर्ण काम सकेपछि परीक्षण थालिएको सप्तमी वायु तथा सौर्य ऊर्जा मिनीग्रिड उपभोक्ता समितिका अध्यक्ष गङ्गाबहादुर आङ्देम्बेले जानकारी दिनुभयो । 

सो आयोजना सम्पन्न गर्न उपभोक्ताको रु २० लाख २५ हजार, मिक्लाजुङ गाउँपालिकाको रु २४ लाख ७५ हजार र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु चार करोड पाँच लाखको लागतमा वायु तथा सौर्य विद्युत् ग्रेड निर्माण सम्पन्न भएको हो । उपभोक्ता समितिका अध्यक्ष आङ्देम्बेले विद्युत् प्रशारण लाइन विस्तारको काम भइरहेको जानकारी दिनुभयो । पुसको अन्तिमसम्ममा प्रसारण लाइन विस्तारको काम सक्ने गरी प्राविधिकलाई परिचालन गरिएको उहाँको भनाइ छ । 

यहाँ विद्युत् महसुल समेत नेपाल विद्युत् प्राधिकरणको महसुल दर भन्दा केही सस्तो हुने र उपभोक्ताको आम भेलाबाटै सहमतिमा समितिले महसुल दर निर्धारण गर्ने अध्यक्ष आङ्देम्बेले जानकारी बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कान्तिपुर मिट हाउसमा म्याद नाघेको मासु, महानगरले गर्‍यो नष्ट रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कारकाे आराेपमा एक युवक पक्राउ शोभा पाठकलाई साइबर क्राइममा ५ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता भीम रावलले नयाँ पार्टी खोल्ने एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका विपिन शर्मालाई स्वस्तिमाले दिइन् आइफोन गिफ्ट रवि लामिछानेसँग बयान सुरु भीम रावल लगायतलाई कारबाही गर्नुअघि ओलीले सचिवालय बैठकमा के भने ? आईसीसीद्वारा विराट कोहलीलाई कारबाही सिचुवान एयरलाइन्सले पोखरामा गर्‍यो चार्टर उडान, अब नियमित उडान गर्ने खाग तस्कर पक्राउ गर्न हेटौंडामा ५ राउड हवाई फायर, एक जना पक्राउ १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ युनाइटेड एयरलाइन्सको विमानमा युवकको शव फेला आज कतिमा हुँदैछ सुनचाँदी कारोबार ? मोरङ सामूहिक बलात्कार : पक्राउ परेका तीन जनाविरुद्ध तीन मुद्दामा अनुसन्धान भोजपुरमा गाडी भिरबाट खस्दा १ को मृत्यु, ९ जना घाइते नेपालको स्वास्थ्य क्षेत्र सुधारोन्मुख छ : मन्त्री पौडेल रविसहित ७ जनालाई अदालत पुर्‍याइयो, आजै बयान शुरू हुने अजरबैजान विमान दुर्घटना : विमान चरासँग ठोक्किएको प्रारम्भिक निष्कर्ष भोजपुरमा स्कर्पियो दुर्घटना : १० जना घाइते, दुईको अवस्था गम्भीर धनुषामा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला