२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

लाङ्टाङ राष्ट्रिय निकुञ्जको संरक्षण थप प्रभावकारी बनाइँदै

२०७५, २३ पुष सोमबार ०८:१२

 ज्ञानेन्द्र न्यौपाने | पुस २३, रसुवा | रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको उच्च भू–भागमा अवस्थित लाङ्टाङ राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणमा थप प्रभावकारी बनाउन सुरक्षा गस्तीलाई तीव्र पारिएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार अवैध धन्दाका मानिसले ठाउँठाउँमा जनावर मार्ने पासो राखेको भेटिएपछि गस्ती कार्यलाई थप तीव्रता दिइएको हो । 

जङ्गलमा भेटिएका पासो हटाउने कार्य सम्पन्न भइसकेको र अवैध धन्दामा लाग्ने व्यक्तिको पहिचान गरी कारवाही गराउने कार्यलाई तीव्रता दिइएको छ । 

रसुवा जिल्लामा ५७ प्रतिशत, नुवाकोटमा सात प्रतिशत र सिन्धुपाल्चोकमा ३६ प्रतिशत अर्थात एक हजार ७१० वर्गकिलोमिटर क्षेत्रफलमा लाङ्टाङ राष्ट्रिय निकुञ्ज फैलिएको छ । निकुञ्जको वरपरमा रहेका ४२० वर्गकिलोमिटर क्षेत्रमा रहेको मध्यवर्ती क्षेत्रका रहेको जैविक विविधता संरक्षणमा निकुञ्जले विशेष ध्यान दिएको प्रमुख संरक्षण अधिकृत राना बताउनुहुन्छ । 

निकुञ्जको सुरक्षार्थ धुञ्चेमा नेपाली सेनाको गणबाहेक विभिन्न ठाउँमा नेपालीे सेनाको पोष्ट सुरक्षा १० र निकुञ्जको १४ वटा पोस्ट रहेको छ । यसबाहेक दैनिक गस्तीलाई निरन्तरता दिइएको जानकारी दिनुभयो । 

लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा विश्वमा दुर्लभ मानिने रातो हाबे्रलगायत ४६ जातिका स्तनधारी जनावर ३१५ पक्षी र जलचरको रुपमा रहेको ३० प्रजातिको माछाको साथै ३७३ प्रकारका चरा एवं ११ थरिका घस्रने जीव रहेका छन् । एक हजारभन्दा बढी प्रजातिका वनस्पतिको पहिचान गरी सूचित पनि भइसकेको छ । चोरी शिकारी पूर्णरुपमा निरुत्साहित गर्न ठाउँठाउँमा सिसी क्यामरा राख्न शुरु गर्न लागिएको छ । 

लाङ्टाङ राष्ट्रिय निकुञ्जको संरक्षण कार्यले पर्यटकको समेत आगमनमा क्रमशः वृद्धि हँुदै गएको छ । गत आर्थिक वर्षमा जम्मा भएको रु चार करोड ९० लाख राजश्वमध्ये ९० प्रतिशत शुल्क पर्यटकबाट आय भएको लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । यस चालु आवको छ महीनाको अवधिमा आठ हजार ५५४ जना पर्यटकले निकुञ्जको भ्रमण गरिसकेको बताइएको छ । 

लाङ्टाङ राष्ट्रिय निकुञ्जको संरक्षण कार्य प्रभावकारी बनाउन ३५ जना स्काउटलाई निकुञ्जको महत्व, फिल्डमा काम गर्दा ध्यान दिनुपर्ने विषय, आफ्नो आधार इलाकामा प्रवेश गर्ने मानिसको पहिचान, नीति नियम समेतका विषयमा प्रशिक्षण दिइएको छ । 

प्रशिक्षित भएका गेमस्काउट रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको तीन जिल्लामा रहेका पोष्टमा परिचालन हुने र उनीहरुले स्थानीयस्तरमा रहेका ८४ वटा उपभोक्ता समितिसँग समेत समन्वय गरी जैविक विविधता संरक्षणमा काम गर्ने लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी शिव गैरेले जानकारी दिनुभयो । 

लाङटाङ राष्ट्रिय निकुञ्जको सम्पदा अवैधरुपमा उत्तरी नाका रसुवागढीबाट हुनसक्ने निकासी पैठारीलाई समेत गम्भीरतापूर्वक मध्यनजर राखी सुरक्षाका लागि तैनाथ नेपाली सेनाद्वारा जाँच परीक्षणको काम तीव्र रुपमा भइरहेको सूचना अधिकारी गैरेले जानकारी दिनुभयो । 

नेपालको दोस्रो ठूलो राष्ट्रिय निकुञ्ज मानिएको भएपनि पर्यटकलाई देखाउने नयाँ नौलो आकर्षणका संरचना भने निर्माण भएका छैनन् । तरपनि यहाँ भ्रमणमा आउने पर्यटकहरु लाङटाङ हिमालको दृश्यावलोकन गर्न, धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्ड पुग्न पाउँदा हर्षित हुन्छन् । यहाँका उकालीओराली झरना, चौतारी, वन वनस्पति, चट्टान, पहाड स्थनीय वेषभूषाको आकर्षणले मनमोहक बनाई पठाउने गरेको स्थानीय पर्यटन व्यवसायीले बताएका छन् । 

लाङ्टाङ राष्ट्रिय निकुञ्जको अर्काे आकर्षण अष्मिज पहरे बाँदर तथा आफ्नै तरङ्गमा हिँडिरहने बँदेलले आन्तरिक एवं बाह्य पर्यटकका लागि थप आकर्षणको केन्द्र बन्दै गएको र पासाङल्हामु राजमार्ग आपास राम्चे इलाका क्षेत्रको उत्तिसका बोटमा समेत रातो हाब्रे देखिन थालेपछि निकुञ्जको गरिमा उच्च हुदै गएको छ । सबै सम्पदा संरक्षणका लागि जन सहभागिताबाट हातेमालो गरी समुदायको सहयोग मिल्नेमा निकुञ्ज प्रशासन आशावादी रहेको निकुञ्जका वन प्राविधिकले बताएका छन् । 

सरसफाइबाट निकुञ्जको भू–भागमा स्वच्छ वातावरण कायम गर्न प्लास्टिक तथा टिनजन्य वस्तुलाई निषेध गर्ने तयारी भइरहेको निकुञ्ज प्राविधिक रमेश बस्नेतले बताउनुभयो । रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड मेलाका लागि आउने भक्तजनले कुण्डमा स्नान गरेपछि भिजेको कपडा छोड्ने समस्या बढ्दै गएकामा भने चिन्ता व्यक्त गर्न थालिएको छ । 

भगवान शङ्कर विराजमान रहनुभएको कुण्डमा त्यसरी बस्त्र छोड्दा पूण्यको साटो पाप थपिने भएकाले कुनै पनि फोहर नफ्याँक्न सम्पूर्ण भक्तजनलाई आग्रह गरिएको स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताउनुभएको छ । 

विसं २०२९ चैत ९ गते लाङ्टाङको नामले स्थापना भएको लाङ्टाङ राष्ट्रिय निकुन्जभित्र महत्व स्थान, लाङटाङ हिमाल, धार्मिक एवं पौराणिक गोसाइँकुण्ड, ऐतिहासिक रसुवागढी, नुवाकोटको दुप्चेश्वर र सिन्धुपाल्चोकको पाँचपोखरीजस्ता सम्पदा रहेको निकुञ्जले जनाएको छ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला