Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा गौशाला निर्माण गरिने

२०७५, २४ पुष मंगलवार ०८:४२

 पुस २४, लमही (रासस) | दाङ तुलसीपुर उपमहानगरपालिका–७ ले गौशाला निर्माण गर्ने निर्णय गरेको छ । राससमा ‘चौपायले दश बिघा क्षेत्रफलको बाली नष्ट’ शीर्षकको समाचार प्रकाशित भएपछि वडा कार्यालयले सरोकारवालासँग छलफल गरेर गौशाला निर्माण गर्ने निर्णय गरेको हो । 

तुलसीपुर उपमहानगरपालिका–७ का अध्यक्ष टोपबहादुर केसीको अध्यक्षतामा सोमबार भएको भेलाले छाडा चौपायाले भर्खरै मात्रै दश बिघा क्षेत्रफलमा लगाएको तोरी, अरहरलगायत अन्नबाली नष्ट गरेको र विगतमा पनि छाडा चौपायाले अन्नबाली नष्ट गर्दै आएकाले छाडा चौपायालाई नियन्त्रण गर्न गौशाला निर्माण गर्ने निर्णय गरेको हो । वडा सदस्य, ६१ टोल विकास संस्था तथा अन्य सरोकारवालाको सहभागितामा भएको भेलाले वडामा रहेको सामुदायिक बनको जग्गामा गौशाला निर्माण गर्ने निर्णय गरेको अध्यक्ष केसीले बताउनुभयो । 

साथै गौशालाबाट उत्पादन भएको गोबरबाट ग्यास उत्पादन गर्ने, गाईको गहुँत तथा मूत्र प्रशोधन गरेर विभिन्न औषधि बनाइने तथा जैविक मल प्रयोगमा ल्याउने निर्णय भएको अध्यक्ष केसीले बताउनुभयो । उहाँका अनुसार गौशाला निर्माणको लागि वडाले रु दुई लाख बजेट छुट्याउने तथा बाँकी श्रमदान गर्ने निर्णय समेत भएको छ । १५ दिनभित्र काम शुरु हुने समेत उहाँको भनाइ छ । छाडा चौपायाले वर्षेनी लगाइएको बाली नष्ट गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ