पढ्न करिब 2 मिनेट लाग्छ

पुस २५, बाजुरा | बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ । चिसोको बेला छाउगोठमा ताप्नका लागि बोलेको आगो निभाउन बिर्सिदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको बताइएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–९ वडा अगाउँपानीमा बस्ने ३५ वर्षीया आमा अम्बा बोहरा, उहाँका छोरा १२ वर्षीय सुरेश बोहरा र नौ वर्षीया रमित बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार मृतकका आमा र दुई छोरासहित सुतिरहेको बेलामा राति आगो सल्केर सिरकमा टाँसिएर आमा र दुई बालक मृतावस्थामा फेला परेको स्थानीयवासीले खबर दिएपछि इलाका प्रहरी कार्यालय कोल्टी र जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी घटनास्थल पुगेको थियो । मृतक बोहराका श्रीमान् विदेशमा नोकरीको लागि गएका छन् । रासस | | बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ । चिसोको बेला छाउगोठमा ताप्नका लागि बोलेको आगो निभाउन बिर्सिदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको बताइएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–९ वडा अगाउँपानीमा बस्ने ३५ वर्षीया आमा अम्बा बोहरा, उहाँका छोरा १२ वर्षीय सुरेश बोहरा र नौ वर्षीया रमित बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार मृतकका आमा र दुई छोरासहित सुतिरहेको बेलामा राति आगो सल्केर सिरकमा टाँसिएर आमा र दुई बालक मृतावस्थामा फेला परेको स्थानीयवासीले खबर दिएपछि इलाका प्रहरी कार्यालय कोल्टी र जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी घटनास्थल पुगेको थियो । मृतक बोहराका श्रीमान् विदेशमा नोकरीको लागि गएका छन् । रासस |