२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा महिलाले चन्दा सङ्कलन गरेर सामुदायिक भवन निर्माण

२५ पुष २०७५, बुधबार ०७:४९

  पुस २५, पर्वत | यहाँको एक विकट गाउँका महिलाले चन्दा सङ्कलन गरेर सामुदायिक भवन निर्माण गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा क्रियाशील ‘जय माँ आमा’ समूहको सक्रियतामा महिलाले आयआर्जन क्रियाकलाप, तालीम, गोष्ठीलगायत समाजमा हुने विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि ठूलो धनराशि जुटाएर भवन निर्माण गरेका हुन् । 

सरकारी निकायले उपलब्ध गराएको अनुदानभन्दा बढी रकम स्थानीय स्रोतबाट जुटाएर सामुदायिक भवन निर्माण गरिएको जय माँ आमा समूहका अध्यक्ष रथ्नकुमारी गुरुङले जानकारी दिनुभयो । 

स्थानीयवासीले दुलुङको काफ्लेचौर परिसरमा रु २६ लाख ५० हजारको लागतमा सभाहलसहितको सामुदायिक भवन निर्माण गरेका हुन् । सो भवन निर्माणका लागि कुश्मा नगरपालिकाले रु सात लाख १० हजार र वडा कार्यालयले रु एक लाख विनियोजन गरेको थियो । 

सरकारी अनुदानबाहेक स्थानीयस्तरमा थप रु २६ लाख ५० हजार जुटाएर भवन निर्माण सम्पन्न गरेको भवन निर्माण समितिका संयोजक प्रितम गुरुङले जानकारी दिनुभयो । भवन नहुँदा समाजमा हुने स्थानीयस्तरका कार्यक्रम सञ्चालन गर्न निकै समस्या हुँदै आएको थियो । ‘कुनै पनि विवाह, व्रतबन्ध, सामूहिक भेला आयोजना गर्न समस्या परेका बेला उक्त भवन निर्माण भए पनि धेरै सहज हुने भएको छ । 

भवन निर्माण गर्न विदेशमा पुगेका दुर्लुङवासीले पनि आर्थिक सहयोग गरेका थिए । भवनमा करीब ६०० जनासम्म अट्न सक्छन् । भवन निर्माणपछि महिलालाई सीप प्रदान गर्ने तालीम, गोष्ठी र बैठक सञ्चालन गर्न खुला चौर, व्यक्तिका घर तथा विद्यालयमा पुग्नुपर्ने समस्याको अन्त्य भएको वडा अध्यक्ष तेजप्रसाद पाध्याले जानकारी दिनुभयो । 

उक्त भवनको प्रतिनिधिसभाका सांसद लालकाजी गुरुङले उद्घाटन गर्नुभएको छ । सो अवसरमा गुरुङले आर्थिक उपार्जनमा लाग्न स्थानीयवासीलाई महिलालाई सुझाव दिनुभएको छ । महिलालाई आयआर्जनका काममा सक्रिय रहनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

विसं २०७४ मा निर्माण थालिएको भवन हालै निर्माण सम्पन्न भएको हो । उक्त भवन निर्माणका लागि ८४ पूजाको अवसरमा स्थानीयवासी नारायणप्रसाद गुरुङले पाँच रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो । रासस |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा