२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा महिलाले चन्दा सङ्कलन गरेर सामुदायिक भवन निर्माण

२०७५, २५ पुष बुधबार ०७:४९

  पुस २५, पर्वत | यहाँको एक विकट गाउँका महिलाले चन्दा सङ्कलन गरेर सामुदायिक भवन निर्माण गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा क्रियाशील ‘जय माँ आमा’ समूहको सक्रियतामा महिलाले आयआर्जन क्रियाकलाप, तालीम, गोष्ठीलगायत समाजमा हुने विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि ठूलो धनराशि जुटाएर भवन निर्माण गरेका हुन् । 

सरकारी निकायले उपलब्ध गराएको अनुदानभन्दा बढी रकम स्थानीय स्रोतबाट जुटाएर सामुदायिक भवन निर्माण गरिएको जय माँ आमा समूहका अध्यक्ष रथ्नकुमारी गुरुङले जानकारी दिनुभयो । 

स्थानीयवासीले दुलुङको काफ्लेचौर परिसरमा रु २६ लाख ५० हजारको लागतमा सभाहलसहितको सामुदायिक भवन निर्माण गरेका हुन् । सो भवन निर्माणका लागि कुश्मा नगरपालिकाले रु सात लाख १० हजार र वडा कार्यालयले रु एक लाख विनियोजन गरेको थियो । 

सरकारी अनुदानबाहेक स्थानीयस्तरमा थप रु २६ लाख ५० हजार जुटाएर भवन निर्माण सम्पन्न गरेको भवन निर्माण समितिका संयोजक प्रितम गुरुङले जानकारी दिनुभयो । भवन नहुँदा समाजमा हुने स्थानीयस्तरका कार्यक्रम सञ्चालन गर्न निकै समस्या हुँदै आएको थियो । ‘कुनै पनि विवाह, व्रतबन्ध, सामूहिक भेला आयोजना गर्न समस्या परेका बेला उक्त भवन निर्माण भए पनि धेरै सहज हुने भएको छ । 

भवन निर्माण गर्न विदेशमा पुगेका दुर्लुङवासीले पनि आर्थिक सहयोग गरेका थिए । भवनमा करीब ६०० जनासम्म अट्न सक्छन् । भवन निर्माणपछि महिलालाई सीप प्रदान गर्ने तालीम, गोष्ठी र बैठक सञ्चालन गर्न खुला चौर, व्यक्तिका घर तथा विद्यालयमा पुग्नुपर्ने समस्याको अन्त्य भएको वडा अध्यक्ष तेजप्रसाद पाध्याले जानकारी दिनुभयो । 

उक्त भवनको प्रतिनिधिसभाका सांसद लालकाजी गुरुङले उद्घाटन गर्नुभएको छ । सो अवसरमा गुरुङले आर्थिक उपार्जनमा लाग्न स्थानीयवासीलाई महिलालाई सुझाव दिनुभएको छ । महिलालाई आयआर्जनका काममा सक्रिय रहनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

विसं २०७४ मा निर्माण थालिएको भवन हालै निर्माण सम्पन्न भएको हो । उक्त भवन निर्माणका लागि ८४ पूजाको अवसरमा स्थानीयवासी नारायणप्रसाद गुरुङले पाँच रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो । रासस |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै