२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियाको बढैयाताल गाउँपालिकामा आत्महत्या रोक्न योजना तर्जुमा

२०७५, २५ पुष बुधबार ०८:४७

 पुस २५, नेपालगञ्ज | बर्दियाका आठ स्थानीय तहमध्ये बढैयाताल गाउँपालिकामा अहिले आत्महत्याका घटना बढ्दै गएपछि स्थानीय जनप्रतिनिधिलगायत सबैको चिन्ता र चासो बढेको छ । 

‘‘आत्महत्याका घटना बढिरहेको अवस्थालाई दृष्टिगत गरी गाउँपालिकाले त्यसको रोकथामका लागि योजना नै तर्जुमा गरेको छ’’ अध्यक्ष लालबहादुर श्रेष्ठको भनाइ छ । योजनाअनुसार, स्थानीयस्तरमा आत्महत्याविरुद्धको चेतनामूलक सन्देश प्रवाह, युवा वर्गलाई आत्महत्या, मानसिक र मनोरोग र यसको उपचार पद्धतिका बारेमा प्रशिक्षण दिने गरिएको उहाँले बताउनुभयो । 

गाउँपालिकाले आफ्नो योजनामा स्थानीय प्रहरी कार्यालय, नागरिक समाजका अगुवा, समाजसेवी, मानसिक रोग विशेषज्ञ चिकित्सक र स्थानीयवासीलाई पनि समेटेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीका अनुसार, बढैया ताल गाउँपालिकामा आर्थिक वर्ष २०७३÷७४ मा १७ जना, २०७४÷७५ मा २१ जना र चालू आर्थिक वर्षको अहिलेसम्म १० जनाले आत्महत्या गरेका छन् । 

‘‘यो डरलाग्दो तथ्याङ्क हो, यसले राम्रो सन्देश प्रवाह गर्दैन्’’ क्षेत्रीय प्रहरी अस्पतालका मानसिक रोग विशेषज्ञ प्रहरी नायब उपरीक्षक डा आशिष दत्तको भनाइ छ । आत्महत्या मनोवैज्ञानिक तथा जैविक एवं सामाजिक जटिलता हो । विज्ञानले यसलाई मनो–सामाजिक जटिलतासँगै गम्भीर मानसिक समस्याको रुपमा लिने गरेको छ । 

यस्तो मानसिक अवस्थाको तत्काल उपचार गर्नुपर्ने डा दत्तको सुझाव छ । बढैयाताल गाउँपालिकाले अहिले डा दत्तकै अगुवाइमा खासगरी किशोरकिशोरी र युवा वर्गलाई मानसिक रोग, आत्महत्या गर्ने कारण, मनोरोग, लागुऔषध सेवनबाट हुने प्रभाव तथा यसको रोकथाम र उपचार विधिका विषयमा प्रशिक्षण दिने गरेको छ । 

मानसिक रोग विज्ञेषज्ञ डा दत्तका अनुसार, नेपालमा आत्महत्या गर्नेमा १५ देखि ४४ वर्ष उमेरका नागरिकको सङ्ख्या धेरै छ । “डिप्रेसनमा परेका, एक पटक आत्महत्याको प्रयास गरेका, लागुऔषधको सेवनकर्र्ता, गतिशील सोचमा हरेस खानु, निराशावादी व्यक्ति, एक्लोपन, एकल महिला, सामाजिक रुपमा सहयोग नपाउने, बहिष्कारमा परेकामा आत्महत्याको जोखिम उच्चमा रहेको छ । 

बर्दियाको बढैयातालमा भएका आत्महत्याको तथ्याङ्कले पनि त्यहाँ मानसिक रोगको जोखिमतर्पm सङ्केत गरेको छ । त्यसैलाई दृष्ट्रिगत गरी विशेषज्ञको परामर्शका आधारमा गाउँपालिकाले आत्महत्या विरुद्धको अभियान नै सञ्चालन गर्दै आएको छ । 

गाउँपालिकाअन्तर्गतका विद्यालय, कलेज र समुदायस्तरमा आत्महत्याविरुद्ध वृहत सचेतनामूलक कार्यक्रम तथा मानसिक रोग बढनुको कारण, यसको पहिचान र उपचार विधिका विषयमा गाउँपालिकाले प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । बढैया ताल गाउँपालिकामा भइरहेका आत्महत्या घटनाका कारणका विषयमा इलाका प्रहरी कार्यालय मैनापोखरले सुक्ष्म अध्ययनसमेत गरिरहेको प्रहरी निरीक्षक वलीले बताउनुभयो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने