२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

दुवै आँखा नदेख्ने दर्जीको सहारा : लट्ठी र हथौडा

२०७५, २५ पुष बुधबार १०:५७

धुरवसागर  शर्मा | पुस २५, गलेश्वर | म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोट फापरखेतका दुवै आँखा नदेख्ने आइतबहादुर दर्जीको हातमा सधँै एउटा लट्ठी र हथौडा हुन्छ । 

दृष्टिविहीन दर्जी विगत पाँच वर्षदेखि एकाबिहानै एउटा हातले लट्ठी टेकेर र अर्को हातले हथौडा बोकेर घरबाट निस्कनुहुन्छ । गाउँमा निर्माण हुने विद्यालय भवन र व्यक्तिगत घरको लागि गिट्टी कुटेर गुजारा चलाउनु उहाँको बाध्यता बनेको छ । दैनिकजसो बिहानै ज्याला मजदूरी गर्न जाने दर्जी दृष्टिविहीन भए पनि परिवारमा उहाँको जिम्मेवारी भने ठूलो छ । आर्थिक अवस्था कमजोर भएका दर्जीले भकुण्डेको अर्जुन माविमा निर्माणाधीन भवनका लागि गिट्टी कुट्ने गर्नुभएको छ । 

फापरखेतमा सार्वजनिक जग्गामा बसिरहेका दर्जी गत साल पत्रकार हरिकृष्ण गौतमको अगुवाइमा करीब रु एक लाख ५० हजार आर्थिक सहयोग जुटेपछि जस्तापाताले छाएको घर बनाएर बस्नुभएको छ भने रु ५० हजारमा अरुको खेत बन्धकीमा लिनुभएको छ । 

दैनिक घरखर्च चलाउनका साथै छोराको पढाइ खर्च जुटाउन गिट्टी कुट्ने गरेको दर्जीले बताउनुभयो । दर्जीका दुई छोरा र श्रीमती छन् । जेठा छोरा गाउँकै अर्जुन माविमा कक्षा १२ उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि आर्थिक अभाव भएकाले वैदेशिक रोजगारीमा जाने तर्खरमा छन् भने कान्छा छोराले पनि राम्रोसँग आँखा देख्दैनन् । कान्छा छोरा अनिल ७ कक्षामा पढ्छन् । 

“मैले दुवै आँखा देख्दिनँ, मेरो कमाइले घरमा चुलो बल्छ”, दर्जीले भन्नुभयो। दर्जीले आफ्नो सहारा भनेकै एउटा लट्ठी र हथौडा भएको बताउनुभयो । सहाराका रूपमा रहेको लौरोभन्दा प्यारो गिट्टी कुट्नका लागि आवश्यक पर्ने हथौडा आफ्नो लागि महत्वपूर्ण रहेको दर्जीको भनाइ छ । दर्जी परिवार गाउँकै सबैभन्दा कमजोर परिवारको रूपमा रहेको स्थानीय समाजसेवी भीमबहादुर पौडेलले बताउनुभयो । छोरालाई लत्ताकपडा, कपीकलमसहित खाजा खर्च जुटाउनसमेत मुस्किल छ । “सकिनसकी दैनिक रु ३०० जति कमाइ हुन्छ । बिरामी हुँदा आफ्नो शरीरभन्दा छोराहरूको चिन्ता लाग्छ” दर्जीले भन्नुभयो । दर्जीले पैसाको अभावमा कहिलेकाहीँ एकछाक खाने गरेकोसमेत बताउनुभयो । 

“पत्रकार हरिकृष्ण गौतम मेरो जीवनमा भगवान् नै बनेर आउनुभयो”, अर्जुन माविको चौरमा गिट्टी कुट्दै गरेका दर्जीले भन्नुभयो, “उहाँकै आग्रहमा देश विदेशमा रहेका व्यक्तिले मलाई सहयोग गरे र त्यसैको भरमा जस्ताले छाएको घरमा बस्न पाएको छु ।” “दर्जीको अवस्था अत्यन्त टिठलाग्दो थियो”, पत्रकार गौतमले भन्नुभयो, “उहाँको दयनीय अवस्था देखेर मैले सहयोग जुटाएको हुँ ।” 

अपाङ्गताको क्षेत्रमा काम गर्ने धेरै सङ्घसंस्था भए पनि आफ्नो घरमा सानो सहयोगसमेत नगरेको दर्जीको गुनासो छ । “गरीबको घरमा त सहयोग गर्ने सङ्घसंस्था पनि आउँदैनन्, कमाइ गर्न पनि सकिँदैन” उहाँले भन्नुभयोे । श्रीमती बिरामी हुने समस्याले समेत नियमित मजदूरीमा जान समस्या हुने गरेको दर्जीको भनाइ छ । दर्जीले मनकारी व्यक्तिसँग सहयोगको आग्रह गर्नुभएको छ । रासस |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते