पढ्न करिब 1 मिनेट लाग्छ
<p>पुस २५, महोत्तरी | महोत्तरीको जलेश्वरमा एक यात्रुबाहक बसमा आगलगी भएको छ । आगलागीबाट बसमा पूर्णरुपमा क्षति भएको छ ।<br></p><p>बुधबार बिहान जलेश्वर ७ बखरी चौकमा रोकिराखेको यात्रुबाहकबसमा अचानक आगलागी हुँदा बस पूर्णरुपमा जलेर क्षति भएको हो । काठमाडौंबाट यात्रु बोकी आएको ना ८ ख ३३१६ नं को बसले अन्तिम गन्तब्यमा सबै यात्रुलाई झारिसकेपछि सडक छेउमै रोकेर चालक र सहचालकले खाना खान लागेकै बेला बसको पछाडिपट्टी धुवा निस्केर आगो लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।</p><p>आगलगीबाट बसको ९० प्रतिशत भाग जलेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो । </p>

