टेकेन्द्र बोहरा | पुस २४, बझाङ | जिल्ला प्रहरी कार्यलय बझाङको सक्रियतामा २ किलो ४८० ग्रामलागु औषध चरेससहित एक जना प्रक्राउ परेका छन् ।

प्रक्राउ पर्नेमा कैलाली जिल्ला चुरे नगरपालिका वडा नम्बर ५ घर भएका २१ बर्षिया जय बहादुर धामी रहेको जिल्ला प्रहरि कार्यलले जनाएको छ ।

मंगलबार राति बझाङको बुंगल नगरपालिका वडा नम्बर ३ विरपई सेरा विजगडामा रहेको अस्थायी प्रहरि विट विजगडा बाट प्रहरि नायब निरिक्षक नैन सिहँ भाटको कमाण्डमा खटिएको प्रहरी टोलिले उनलाई प्रक्राउ गरेको हो ।

विट अगाडीको चेक पोष्टमा सवारि साधन चेक जाँचगर्ने क्रममा विजगडाबाट बगथलातर्फ जाँदै गरेको रोयल ईन्फिइल्ड लेखिएको अन टेष्ट मोटसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालकले प्रहरिलाई धकटपकट गरि भागेको प्रहरि नायब उपरिक्षक प्रविण धितालले बताउनु भयो ।

मोटरसाईकलको पछाडी बसेका धामीर मोटर साईकल भने प्रहरिले नियन्त्रणमा लिन सफल भएको डीएसपी धितालले बताउनु भयो । भाग्ने ब्यक्तीको खोजतलास भई रहको उहाँको भनाई छ ।

डीएसपी धितालका अनुसार बझाङ जिल्लामा चरेश धेरै उत्पादन हुने र यसको नियन्त्रणका लागि नयाँ कदम चालेको बताउनुभयो ।

बझाङमा लागु औषध चरेशसहित एकजना पक्राउ,
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment