२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुद्ध जन्मस्थल लुम्बिनीमा भीषण आगलागी

२५ पुष २०७५, बुधबार १३:३३

पुस २५, रुपन्देही | बुद्ध जन्मस्थल लुम्बिनीमा भीषण आगलागी भएको छ । एक हप्तादेखि भइरहेको आगलागीले लुम्बिनी विकास कोषको साढे ४०० बिगाहा क्षेत्रफल जलेर नष्ट भएको छ । 

लुम्बिनी विकास कोषको गुरुयोजना क्षेत्रभित्र भएको आगलागीका कारण महत्वपूर्ण वनस्पति जलेर नष्ट भएका कोषका वनस्पती शाखा अधिकृत सब्बिर खानले जानकारी दिनुभयो । “दिनहुँ आगलागी भएको छ, विकास कोषसँग दमकल छैन, नगरपालिकाको दमकल बिग्रिएकाले आगलागी नियन्त्रण गर्न गाह्रो भएको छ,” उहाँले भन्नुभयो, “यसपालि आगलागीले विकराल रुप लिँदा समस्या भयो ।” आगो गए रातिबाट नियन्त्रणमा आएको उहाँले बताउनुभयो । 

एक हप्तादेखि दिनहुँ आगलागी भए पनि कसरी आगो लाग्यो भन्नेबारे थाहा हुन सकेको छैन । उहाँले भन्नुभयो, “विकास कोष क्षेत्रमा चौबिसै घण्टा सुरक्षाकर्मी तैनाथ छन्, विकास कोषका सुरक्षा गार्ड छन् तर आगो कसरी लाग्यो भन्नेबारे केही जानकारी भएन ।” 

अन्तर्राष्ट्रिय ध्यान केन्द्र तथा सभागृह, शान्ति स्तुपा क्षेत्रदेखि थाई विहार, जर्मनी विहार क्षेत्रसम्म आगो फैलिएको थियो । एक दिनमा तीन पटकसम्म आगलागी हुने गरेको विकास कोषले जनाएको छ । पटक पटक आगलागी हुँदासमेत यसको कारण खोज्न नसक्नु विकास कोषको कमजोरी भएको स्थानीयवासी बताउँछन् । 

लुम्बिनीका पर्यटन व्यवसायी लीलामणि शर्माले आगलागीको नैतिक जिम्मेवारी विकास कोषले लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सशस्त्र, जनपथ, दङ्गा प्रहरी, कोषको सुरक्षा गार्डको दस्ता हँुदाहँुदै दिनहुँ आगलागी हुनु सुरक्षा लापरवाही हो ।” आगलागीका कारण विकास कोष क्षेत्रभित्रका पशुपंक्षी कीट पतङ्गहरु प्रभावित भएका छन् । आगलागीका कारण सारसको बासस्थान समेत जलेको छ । असुरक्षित महसुस गरेपछि सारस उडेर गएका स्थानीयवासीले बताएका छन् । 

सुरक्षा व्यवस्था चुस्तदुरुस्त नबन्दा समस्या आएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । कोेष भित्रको आफ्नै कमजोरीका कारण पनि प्रत्येक वर्ष आगलागी हुने गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो