२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

सबै रोगको एउटै औषधि सिटामोल !

२६ पुष २०७५, बिहीबार ०९:४०

पुस २६, वीरगञ्ज | सबै रोगको एउटै औषधि सिटामोल । सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । 

नेपालको संविधान, २०७२ ले प्रत्येक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक सुनिश्चित गरे पनि पर्सा जिल्लाको दुर्गम गाउँका स्वास्थ्य चौकीमा सिटामोलबाहेक अत्यावश्यक औषधि भने पाइँदैन । 

सङ्घीय सरकारले स्वास्थ्य चौकीलाई ३९ प्रकारका औषधि दिने गरेपनि अधिकांश स्वास्थ्य चौकीमा सिटामोलबाहेक अन्य औषधिबाट स्थानीय जनता वञ्चित हुँदैआएका छन् । सरकारले स्वास्थ्य चौकीमा सबै प्रकारको औषधि पठाए पनि सेवाग्रहीले सिटामोलबाहेक अन्य औषधि पाएका छैनन् । सरकारले दिने अन्य औषधि आखिर कहाँ जान्छ त ? जिराभवानी गाउँपालिका–३, नेकपाका नेता भोला महतो थारु भन्नुहुन्छ, “राम्रो तथा महँगो औषधि कर्मचारीले नै बाहिरको औषधि पसलमा बेच्ने गर्छन् ।” 

स्वास्थ्य चौकीमा सञ्चालक समिति नभएकाले कर्मचारीले मनपरी अन्य औषधि नजिकको औषधि पसलमा बेच्ने गरेको बताइन्छ । निर्मलबस्तीका पूर्वअध्यक्ष लालबहादुर श्रेष्ठले कर्मचारीतन्त्रकै कारण स्थानीयवासी आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका छन् । 

पर्सा जिल्लामा ८२ वटा स्वास्थ्य चौकी छन् । सामान्य उपचार मात्र हुने स्वास्थ्य चौकीमा गम्भीर प्रकृतिका बिरामी आए उपचारका लागि सहर पठाउनुपर्ने बाध्यता छ । पकहामैनपुरमा रहेका सबै स्वास्थ्य चौकीका अहेब अनिलकुमार यादव भन्नुहुन्छ, “गाउँपालिकाले अन्य औषधिभन्दा सिटामोल बढी दिने गरेकोले यस्तो स्थिति आएको हो ।” उहाँका अनुसार विगतमा जिल्ला जनस्वास्थ्य कार्यालय मातहतमा हुँदा सबै औषधि उपलब्ध हुने गथ्र्यो तर स्थानीय निकायमा गाभिएपछि सिटामोल, ब्रुफेनजस्ता औषधि बढी आउने गर्छन् । 

सरकारले क्षयरोगको बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराएपनि पर्सागढी नगरपालिका–६ चैनपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले उक्त रोगको औषधि नभएको भनी फर्काउने गरेको स्थानीयवासीको गुनासो छ । तर वडाध्यक्ष किशोरी राउत अहिरले गुनासोलाई मिथ्या भन्दै क्षयरोग लगायतका सबै औषधि प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क पाउने गरेको दावी गर्नुभयो । 

अहिले ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकीहरूमा अति आवश्यक पर्ने केडिनालिन, चारकोल जस्ता औषधिहरु डेढ वर्ष देखि छैन तर सिटामोल, ब्रुफेन जस्ता औषधिहरू व्यापक मात्रामा रहेको स्वास्थ्य चौकी पकहामैनपुरका हेल्थ असिष्टेण्ट विष्णु महतराको भनाइ छ । 

ल्याब, एकसरे मेशिन नभएकोले समान्य जाँचका लागि बिरामीहरूलाई समस्या पर्ने गरेको स्वास्थ्य चौकीका कर्मचारीहरू बताउँछन् । सङ्घीयता लागू हुनुभन्दा अघि जनस्वास्थ्य कार्यालयले सरकारको मापदण्डअनुसार सबै औषधिहरू स्वास्थ्य केन्द्रमा पठाउने गर्दथ्यो तर स्थानीय सरकारको मातहतमा स्वास्थ्य चौकी गएपछि सिटामोल, ब्रुफेन, अलबेण्डाजोल जस्ता औषधिहरू मात्र पाइने गरेकाले सेवाग्रहीहरू आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुँदै आएका छन् । 

पर्सा जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तहमा ८३ स्वास्थ्य चौकीहरू छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान