२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा दैनिक मदिरा नष्ट

२६ पुष २०७५, बिहीबार ०९:५३

 पुस २६, सुर्खेत |‘सामुदायिक प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत यतिबेला सुर्खेत प्रहरीको पहिलो निशाना बनेको छ ‘लागू औषध र अवैध मदिरा’ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘लागुऔषध र अवैध मदिरा’ बिक्रीवितरण तथा ओसारपसार कार्यलाई नियन्त्रण गर्न जिल्लाभरि कार्यरत आफू मातहतका २९ प्रहरी एकाइलाई सक्रिए बनाएको छ । 

प्रहरीले ‘शहर तथा गाउँ, शान्त, सुन्दर र सभ्य बनाउँ’ भन्ने सन्देश सुर्खेत जिल्लाका गाउँ, बस्ती, टोल, विद्यालयसम्म पुर्याएको छ । कार्यक्रमतालिकाअनुसार पुस मसान्तसम्ममा सुर्खेतका सम्पूर्ण बस्तीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिने छ । सो अन्र्तगत सवारी दुर्घटना न्यूनीकरण, घरेलु हिंसा, लागुऔषध दुव्र्यसनी, अवैध घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरण, मानव बेचबिखन, बाल हिंसा र साइबर अपराधसम्बन्धी जनचेतनामूलक तथा अन्तक्र्रिया कार्यक्रम सुर्खेतका नौवटै स्थानीय तहमा सञ्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

लागुऔषध र अवैध मदिरा समाज विकास र सामाजिक अपराधको जड भएकाले यसको नियन्त्रणबाट निर्मूलीकरण गराउने लक्ष्यसाथ अभियान तिब्र बनाएका छौँ”, प्रवक्ता क्षेत्रीले भन्नुभयो, “अहिले विभिन्न सामाजिक अपराधविरुद्धका गतिविधिको अध्ययन, अनुसन्धान एवं अपराधीलाई कानूनी दायरामा ल्याइएको छ ।” प्रहरीको खोजतलास र कडा जाँचले अहिले लागुऔषध कारोवारीको भागाभाग भएको छ भने अवैध घरेलु मदिरा उत्पादन गर्नेको चेत खुलेको छ । दैनिक सयौँ लिटर जाँडरक्सी प्रहरीले बरामद गरी नष्ट पार्न थालेपछि उत्पादक, वितरक र प्रयोगकर्ता निरुत्साहित भएको वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतका स्थानीय कर्णबहादुर शाहीले बताउनुभयो । 

“यसले अवैधधन्दा गर्नेलाई सचेत बनाएको छ”, शाहीले भन्नुभयो, “कानूनको प्रभावकारी कार्यान्वयन हुन थालेजस्तो महसुस भइरहेको छ ।” प्रहरीले बालबालिका, वृद्ध, अपाङ्गता भएका व्यक्ति, शिक्षक, विद्यार्थी, महिला समूह, युवा सबैसँग जनचेतनाको कार्यक्रम गरेपछि छ महीनाको अवधिमा रामै्र सुधार देखिएको स्थानीय राममाया बाँठा मगरले बताउनुभयो । 

प्रहरीले समाजका सबैखाले अपराधविरुद्धको जनचेतनामूलक कार्यक्रम तथा जिल्ला अदालत सुर्खेतले दोषी ठहर गरेका फरार अपराधी पक्राउको गतिविधिलाई समेत तीव्र बनाएको छ । प्रहरीले अपराधबाट बच्न र हुन नदिन स्थानीय रेडियो, टेलिभजन तथा सवारी साधनबाट सूचना तथा सन्देशमूलक जानकारी प्रसारण गर्ने गरेको छ । 

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम, सामाजिक अपराधविरुद्धका जिङ्गल प्रसारण, सवारी दुर्घटना तथा ट्राफिक नियमसम्बन्धी कार्यक्रमबाट नागरिकलाई जनचेतना जगाउने काम गरिएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो । त्यसैगरी, प्रहरीले वीरेन्द्रनगर, लेकबेँसी, भेरीगङ्गा, गुर्भाकोट, पञ्चपुरी नगरपालिका तथा बराहताल र चौकुने गाउँपालिकामा सामुदाय साझेदारी पत्रमा हस्ताक्षर कार्यक्रमसमेत सञ्चालन गरिएको जनाएको छ । रासस | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो