१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा गाइजात्राको दिन यस्तो देखियो (फोटो फिचर)

१३ भाद्र २०७२, आईतवार ०७:३२

भदौ-१३, पर्बत । एक वर्षअघिदेखि मृत्यु भएका आफन्तको सम्झनामा गाई सिँगारी सहर घुमाएर मनाउने गाइजात्रा आइतबारबाट शुरु भएको छ । एक बर्षभित्र दिबंगत भएका घरपरिवारबाट गाइलाई सिंगारेर नगरपरिकर्मा गरि मनाईने गाइजात्रा पर्वतमा पनि मनाइएको हो ।

parbat1

गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दहीचिउराका साथै अन्य परिकार पनि खुवाउँछन् । किंवदन्ती वा इतिहासअनुसार राजा प्रताप मल्लका पुत्रको अल्पायुमै निधन भएपछि रानीले धेरै बिलौना गर्न थालिन् । लामो समयसम्म शोक गरेर बसेपछि ‘यस्तो शोक तिमीलाई मात्र परेको होइन’ भन्ने देखाउन राजाले वर्ष दिनभित्र दिवङ्गत सबैको गाईजात्रा निकाल्न लगाए । सबैका घरबाट गाईभेषधारी आएकाले सबै मानिसको मृत्यु हुने देखेपछि मात्र रानीको शोक केही घट्दै गयो भन्ने जनविश्वास छ । काठमाडौँ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली बजार, तानसेन, दोलखा, खोटाङ, रामेछाप, भोजपुरलगायत स्थानमा पनि गाईजात्रा मनाउने गरिन्छ ।

parbat2

श्रावण शुक्ल पूणिर्मादेखि मनाइने गाईजात्रा पर्व आठ दिनसम्म मनाइने गरिन्छ । यो जात्रा भाद्रकृष्ण अष्टमीसम्म जारी रहनेछ । विशेषगरी नेवार समुदायले मनाउने गाइजात्रामा दिवंगत भएका घरपरिवारबाट गाई सिंगारी नगरपरिकर्मा गर्ने प्रचलन रहि आएको छ ।

parbat3

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार