२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

गाउँमै नागरिकता र चिकित्सा सेवा

२७ पुष २०७५, शुक्रबार ०१:५१

पुस २७, बाजुरा | खप्तड छेडेदह गाउँपालिकाका बासिन्दाले गाउँमै नागरिकता र चिकित्सा सेवा पाएका छन् । सर्वसाधारणको सहजताका लागि गाउँपालिकाले डोगडीमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछि स्थानीयवासीले गाउँमै नागरिकता र चिकित्सा सेवा पाएका हुन् । 

शिविरबाट ५५९ जनाले नागरिकता बनाएका छन् । जसमा महिला ३२५ र पुरुष २२४ रहेका छन् । आर्थिक अभावले सदरमुकाम मार्तडी आउन नसकेका, उमेरले नेटो काटिसकेका तथा १६ वर्ष उमेर पूरा गरेका युवायुवतीले गाउँमा शिविर सञ्चालनपछि उत्साहपूर्वक सेवा लिएका हुन् । 

शिविरबाट ७० वर्षकी खिरीदेवी बुढा, ६९ वर्षकी किर्मुली बुढासहित वृद्धवृद्धाले पनि सेवा लिएको गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताउनुभयो । नागरिकता बनाउनेमध्ये गाउँपालिकाको ५ नं वडाका स्थानीयवासी बढी छन् । 

नागरिकता बनाउन सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्ल नेतृत्वको टोली खटिएको थियो । 

यस्तै शिविरबाट ५८१ जनाले फोटोसहितको मतदाता नामावली बनाएका छन् । जसमा ३४८ महिला र २३३ पुरुष छन् । यसैगरी शिविरमा ६९२ जनाले चिकित्सा सेवा पनि लिएका छन् । 

तीमध्ये महिला ४६६, पुरुष २२६ रहेका छन् । शिविरमा ३२६ जनाले भिडियो एक्सरे गराएका छन् । भिडियो एक्सरे गराउनेमध्ये २८९ महिला र ४७ पुरुष छन् । 

सेवाका लागि डा रुपचन्द्र विश्वकर्मा, डा टीका राई, हेल्थ असिस्टेन्ट रमेशबहादुर ओलीसहित स्वास्थ्यकर्मीको टोली खटिएको थियो । गाउँमै चिकित्सक सेवा सञ्चालन गरिएपछि स्थानीयवासीको शिविरमा उत्साहजनक सहभागिता रहेको थियो । पुस २३ र २४ गते दुईदिने शिविरमा उल्लेख्य सहभागिता भएपछि २५ गते थप एक दिन शिविर लम्ब्याइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य