२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुद्ध जन्मस्थलमा ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’ शुरु

२०७५, २७ पुष शुक्रबार १०:०९

पुस २७, रुपन्देही  | बुद्धजन्मस्थल लुम्बिनीमा ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’(बौद्ध अन्तर्राष्ट्रिय भ्रमण मेला) शुरु भएको छ । 

मार्टको आज उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद्र अधिकारीले भैरहवाको गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न भएपछि लुम्बिनी आउने पर्यटकको सङ्ख्या धेरै हुने र आगामी असोज महीनासम्म अन्तर्राष्ट्रिय उडान शुरु हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “सन् २०२० मा २० लाख पर्यटकक लुम्बिनी आउँछन् ।” कार्यक्रममा प्रदेश–५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बुद्धसँग जोडिएका कपिलवस्तु, देवदह, रामग्राम लगायतका स्थानलाई जोडेर विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताउनुभयो । उहाँले पर्यटन प्रवद्र्धनकै लागि आगामी वर्ष लुम्बिनी भ्रमण वर्षको तयारी गरिएको जानकारी दिनुभयो । 

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले लामो समयमसम्म पनि लुम्बिनीको गुरुयोजना पूरा नभएपछि ग्लोबल बोलपत्र आह्वान गरिएको बताउनुभयो । उहाँले अबका दिनमा गुरुयोजना अनुसारका काम अगाडि बढ्ने बताउनुभयो । पर्यटन मन्त्रालयका सचिव कृष्ण देवकोटाले लुम्बिनीको विकास र पर्यटन प्रवद्र्धनका लागि पर्यटन मन्त्रालयले प्राथमिकता दिएको बताउनुभयो । 

भारतीय पर्यटन व्यवसायी आशिष गुप्ताले विदेशी पर्यटकको आकर्षक गन्तव्य लुम्बिनी भएकाले नेपाल भारतको सहकार्यमा पर्यटन प्रवद्र्धनका लागि काम गर्न सकिने बताउनुभयो । “भारतको नालन्दा, कुशीनगर, बोधगया आउने पर्यटकलाई लुम्बिनी आउने वातावरण तयार गर्नुपर्छ”, उहाँले भन्नुभयो, “बुद्धको जन्मस्थल भएकाले पर्यटक लुम्बिनी आउन चाहन्छन् ।” 

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष सुरज वैद्यले सरकारी र निजी क्षेत्रको सहकार्यमा लुम्बिनीलाई थप आकर्षक बनाउन सकिने धारणा राख्नुभयो । पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेस् (नाट्टा)ले पहिलो पटक लुम्बिनीमा आयोजना गरेको मेला तीन दिनसम्म चल्ने छ । मेलामा १७ देशका पर्यटन व्यवसायी सहभागी छन् । 

मार्ट सञ्चालनसँगै लुम्बिनी, भैरहवा, तानसेन, पाल्पा, तौलिहवा, निग्लिहवा, कुदान, रामग्राम, देवदह, कपिलवस्तुलगायत पर्यटकीय, धार्मिक एवं पुरातात्विक महत्वका स्थानको प्रवद्र्धन हुने नाट्टाले विश्वास लिएको छ । मेलामा ‘बिजनेश टु बिजनेश मिटिङ’, बुद्ध पर्यटन प्रवद्र्धनका लागि छलफल, आन्तरिक पर्यटन प्रवद्र्धनलगायतका विषयमा छलफल हुने नाट्टाले जनाएको छ । रासस |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा