२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

उडायो सपना सारा हुरीले…

२०७२, १६ भाद्र बुधबार ०७:३६

भदौ १६, पर्वत । देशमा केही गरौं आफ्नै लगानीमा अनि हुन्छ त्यो आफ्नै निगरानीमा त्यसपछि त केहि न केहि मुनाफा त आउँला भन्ने मिठो सपना सजाएर विदेशी त्यो भूमिमा पुगेका भण्डारी आफ्नै नेपालमा फक्रिए ।

11944861_891592157600835_905455852_n

युरोप, जर्मनी समेत पुगेका परशुराम भण्डारी नेपाल पक्रिए अनि बद्रीबहादुर केसी, कर्णबहादुर भण्डारी र विष्णु केसीसँग सहकार्यमा कुश्मा नगरपालिका ९ जलकुनेमा २०६९ सालबाट गुप्तेश्वर गाई फार्म दर्ता गरी व्यवसायमा लागे । पचास लाखमा सामुहिक लगानीमा पशुपालन व्यावसाय होमिए । तीन बर्षसम्म त व्वयसाय चलेको थियो तर विस्तारै व्यवसाय धरासायी बन्न पुग्यो ।

२ सय रोपनीमा उन्नत जातको घाँस लगाएर पशुपालन व्यवसायमा लागेका भण्डारी यतिबेला पशु व्यवसाय चौपट भएपछि तातो दूध निल्नु न ओकेल्नु भएको बताउँछन । बाउ बाजेले धान खेती गर्दै आएको जमिनमा पशु व्यवसाय गरौ र राम्रो मु्नाफा होला भन्ने सोचेर उन्नत जातका घाँसहरु लगाए तर अहिले व्यवसाय पनि चौपट भयो अनि खेतबाट आउने दुई सय मुरी धान पनि, न त घाँस नै विक्रि भएको छ न त खेतमा खेतीपाति नै,उनले भने । सरकारले य्वाबर्गको लागि पशु व्यवसाय तथा कृषि पेशको लागि युवा स्वरोजगारको योजना ल्याएपनि उक्त योजना हात्तिका देखाउने दाँत सरि भएको भण्डारीको गुनासो छ ।

गाई फार्म उद्घाटनको क्रममा जिल्लामा भएका सरोकारवाला निकायले निक्कै प्रशंसा गरे अनि व्यवसायलाई अगाडी बढाउनको लागि आफुले सरकारी अनुदान तथा प्राविधिक सहयोग गर्ने बताए जब गाइ फार्म धरासाय बन्दै गयो फार्मनै बन्द भयो तर कसैले पनि किन, कसरी बन्द भयो भन्ने बारेमा कसैले सोध्न आएन भण्डारीले भने ।

संयुक्त गाई फार्म दर्ता गराएर व्यावसाय सञ्चालन गराए पनि पहिले जस्तो सरकारी निकायले वास्ता नगर्दा फार्म बन्द हुन पुगेको सञ्चालकहरु बताउँछन । सरकारी निकायले स्थापना गर्दा हौस्याए पनि सञ्चालन गराउन चासो नदिँदा फार्म कै कारण धेरै लगानी डुबेको सञ्चालक परशुराम भण्डारीको भनाई छ ।

तत्कालिन समयमा शिवालय गाविसले ५० हजार र जिल्ला विकास समिति पर्वतले ५० हजार लगानी गरेको यो गाई फारम सञ्चालनमा ल्याउन कतै बाट पनि पहल नुहँदा बन्द हुन पुगेको हो । आवश्यक पुर्वाधार निमार्ण गर्ने र युवाहरुलाई कृर्षिमुखी व्यावसायमा आकर्षण गराउने उद्धेश्यका साथ फार्मको सञ्चालन गरिएता पनि अहिले भने फार्म संरचनामा मात्रै सिमित हुन पुगेको छ । पच्चिस गाई र सय बाख्राको लागि तयार पारिएका गोठ र खोर अहिले अलपत्र अबस्थामा छन् ।

यसरी दीर्घकालिन सञ्चालनका लागि आवश्यक अध्ययन विना नै सरकारी लगानी खर्चिदा युवाहरु व्यावसायी बन्न सकेका छैनन । सरकारी राहत छनजेल काम गर्ने र राहत सकिएपछि व्यावसाय छाडेर पुन विदेश हानिने जिल्लाको प्रचलन जस्तै बनेको छ । राहत उपलब्ध गराउने सरकारी निकायले संरक्षणमा चाँसो नदिँदा व्यावसायसँगै व्यावसायी पनि धरापमा पर्दै आएका छन ।

सरकारले दिर्घकालिन अध्ययन विना युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याउँदा जिल्लाका धेरै जसो फारमहरु बन्द हुने अवस्थामा पुगेका छन । कुश्मा नगरपालिका हाता भित्रै मात्र गतवर्ष मात्रै चार फार्महरु बन्द भइसकेका छन ।

दिर्घकालिन योजना बनाएर युवाहरुलाई व्यावसायीक रुपमा स्थापित गराउन सकेमा व्यवसाय सफल हुनुको साथै वैदेशिक रोजगारमा जाने युवाहरुमा पनि कमी आउने थियो । अन्यथा अनुदान मात्र बाँडेर सञ्चालित युवा लक्षित कार्यक्रमले जिल्लाका युवाहरुलाई व्यावसायी बनाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा