२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानका अग्निपीडितलाई राहत

२०७५, २८ पुष शनिबार ०३:५०

पुस २८, प्यूठान | प्यूठान नगरपालिका–८ भेडाबारीका अग्निपीडितले सरकारसँग बासको व्यवस्था गर्न मागेका छन् । 

शुक्रबार राहत बोकेर पुगेका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी, वडाअध्यक्ष, नेपाल रेडक्रसलगायतका सङ्घसंस्थासँग आफ्नो ओतका लागि बासको व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए । उनीहरुको अनुरोधलाई सम्बोधन गर्ने भन्दै वडाध्यक्ष लिलापजङ्ग केसीले स्थानीय सरकार र विभिन्न सङ्घसंस्थाको सहयोगमा १० दिनभित्र पीडितलाई पुर्नवासको व्यवस्था गराउने बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्वमा गएको जिल्ला प्रशासन, र जिल्ला प्रहरी कार्यालयको टोलीले पीडितलाई रु १०÷१० हजार नगद प्रदान गरेको थियो । त्यस्तै नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखा ले पनि दुई कम्मल, एकसेट भाडा एक÷एक पाल वितरण गरेको थियो । 

प्यूठान नगरपालिकाले प्रतिपरिवार रु २५ हजारका दरले राहत प्रदान गरेकामा विआरवन ग्रुपले पनि खाद्यान्न उपलब्ध गराएको थियो । बिहीबार काली सार्कीको घरबाट सल्केकोे आगोले पम्बु सार्की र रेनु सार्कीको घर जलेर नष्ट भएको थियो । आगलागीबाट करीब रु १४ लाख बरावरको धनमाल क्षति भएको नगरपालिका–८ का वडाध्यक्ष लिलापजङ्ग केसीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने