४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानका अग्निपीडितलाई राहत

२८ पुष २०७५, शनिबार ०३:५०

पुस २८, प्यूठान | प्यूठान नगरपालिका–८ भेडाबारीका अग्निपीडितले सरकारसँग बासको व्यवस्था गर्न मागेका छन् । 

शुक्रबार राहत बोकेर पुगेका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी, वडाअध्यक्ष, नेपाल रेडक्रसलगायतका सङ्घसंस्थासँग आफ्नो ओतका लागि बासको व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए । उनीहरुको अनुरोधलाई सम्बोधन गर्ने भन्दै वडाध्यक्ष लिलापजङ्ग केसीले स्थानीय सरकार र विभिन्न सङ्घसंस्थाको सहयोगमा १० दिनभित्र पीडितलाई पुर्नवासको व्यवस्था गराउने बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्वमा गएको जिल्ला प्रशासन, र जिल्ला प्रहरी कार्यालयको टोलीले पीडितलाई रु १०÷१० हजार नगद प्रदान गरेको थियो । त्यस्तै नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखा ले पनि दुई कम्मल, एकसेट भाडा एक÷एक पाल वितरण गरेको थियो । 

प्यूठान नगरपालिकाले प्रतिपरिवार रु २५ हजारका दरले राहत प्रदान गरेकामा विआरवन ग्रुपले पनि खाद्यान्न उपलब्ध गराएको थियो । बिहीबार काली सार्कीको घरबाट सल्केकोे आगोले पम्बु सार्की र रेनु सार्कीको घर जलेर नष्ट भएको थियो । आगलागीबाट करीब रु १४ लाख बरावरको धनमाल क्षति भएको नगरपालिका–८ का वडाध्यक्ष लिलापजङ्ग केसीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ