२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

को हुन शान्तिनारायण ?

२०७२, १७ भाद्र बिहीबार ०७:०५

भदौ १६, पर्वत । साहित्य एउटा यस्तो चिज हो जसमा जिवित मृत बन्न सक्छ मृत जिवित बन्न, ढुंगा कुद्न अनि बोल्न पनि सक्छ, भनिन्छ नी जहाँ पुग्दैन रवि त्यहाँ पुग्छन कवि भनेर । साहित्यको प्रहार यति चोटिलो हुन्छ जसले समाजको यथार्थलाई बोलेको हुन्छ , समाजको प्रतिनिधित्व पनि गरेको हुन्छ । असम्भवलाई सम्भव तुल्याउँछ, पीडामा डुबेकाको मुहारमा हाँसो र हाँसेका लाई आशुमा पनि डुबाउन सक्छ ।

p

सवैलाई साहित्यमा रम्न मन लाग्छ तर पनि रम्न कठिन हुन्छ, एउटा व्यक्ति कलाकार, हास्यकार, राजनेता वा अन्य पात्र बन्न जति सजिलोसँग सक्छ त्यतिनै कठिन छ साहित्यमा रम्नको लागि अनि साहित्कार बन्नको लागि । साहित्य जगतमा लागेका हरेक साहित्यकारका लेख पाठकका रुचिका हुन्छ भन्न पनि सकिदैन अनि हरेक साहित्यकारका लेख सरल पनि तर साहित्यकार शान्तिनारायण श्रेष्ठ यस्ता एउटा सर्जक हुन जसले साहित्यलाई जुनसुकै कुनाबाट टपक्क टिपेर , समय र परिवेशलाई फुलबुटा भरेर सरल तरिकाले चोटिलो प्रहार गर्ने एक साहित्यक स्रष्टा हुन ।

समाजमा भएका घटनालाई साहित्यको सुत्रमा बाँधेर सरलभाषामा चोटिलो पाराले प्रहार गर्ने क्षमता शान्तिनारायण श्रेष्ठमा भएको उनका सहपाठी तथा पाठक बताउँछन् । उनमा जे छ त्यो अरु साहित्कारमा पाउन सकिदैन, उनी समाजमा भएका घटना वा परिवेश होस् वा काल्पनिकमानै किन नहोस यथार्थ परक रहेका हुन्छन् अनि पाठकको मन जित्न सफल हुन्छ । विहिबार शान्तिनारायण श्रेष्ठलाई पर्वतमा एक कार्यक्रमका विच सम्मान तथा अभिनन्दन गरिएको छ । लामो समयदेखि साहित्य क्षेत्रमा लागेका श्रेष्ठलाई नागरिक अभिनन्द गरिएको हो ।

साहित्य क्षेत्रमा सानो उमेर देखिनै लगाब राख्दै आएका श्रेष्ठले साहित्यमार्फत समाजमा भएका घटना तथा परिवेशलाई टपक्क साहित्यिक सुत्रमा बाँधेर सरल माध्यबाट तिखो प्रहार गर्ने उनको छुट्टै पहिचान भएको उनका पाठक बताउँछन् । साहित्य क्षेत्रमा ठूलो योगदान गरेको भन्दै विहिबार उनलाई नागरिक अभिनन्दन गरिएको हो । शान्तिनारायण निवासबाट भजनकृतन सहितको कार्यक्रम स्थलसम्म लगिएको थियो । राष्ट्रिय कवि शरुभक्त को प्रखुख आथित्यमा संचालन भएको कार्यक्रममा शान्तिनारयण श्रेष्ठको साहित्यक यात्रा र उनका कृतिकाथि छलफल गरिएको थियो ।

p2

वि. स १९९६ भाद्र १७ गतेका दिन पिता रुपनारायण श्रेष्ठ र माता मानकुमारी श्रेष्ठको कोखबाट जन्मेका श्रेष्ठले आफ्नो साहित्य यात्रालाई २०१२ सालबाट शुरु गरे । सानो उमेरबाट नै साहित्यमा रुचि राखेका शान्तिनारायणले साहित्यलाई आफ्नो जिवनको पाटो बनाएर अगाडी बढी रहे । उनले २०२७ सालमा गुप्तेश्वर खण्डकाव्य प्रकाशन गरी आफ्नो साहित्य जीवनको अनुपम ढोका उघारे , त्यसपछि उनले २०५६मा झङ्कार गीत संग्रह, स्पन्दन गीत संग्रह, विसंगती मुक्तक संग्रह, २०५७मा बैसका सुसेलीहरु गीत संग्रह, बाडुल्की गीत संग्रह, २०६० सालमा अनुभूति गजल संग्रह, स्मृतिका लहरहरु शोककाव्य, २०६१ मा अबतरण हाइकू संग्रह, २०६२ सालमा अनावरण ताङ्का संग्रह, संस्मरण नियात्रा, २०६३मा अजम्मरी माया गजल संग्रह, २०६४ मा अन्तध्वनी चोका संग्रह, ६६ सालमा खाटा बस्न नसेकका घाउहरु मुक्तक संग्रह, २०६७ सालमा अपेक्षा लगाएतका दुई दर्जन भन्दा बढी पुस्तक तथा देश विदेशमा रहेका पत्रपत्रिकामा समेत आफ्ना फुटकर लेख, रचनाहरु प्रकाशन गरिसेका छन् ।

साहित्यमा लागेका शान्तिनारायणले लोकदोहोरीमा पनि आफ्ना ऐतिहास रचेका छन् । उनले आजै छ लगन र हिलेपानी गाउँमा खोलापारी पुग्यो माझीदाई लगाएतका गीतमा शब्द रचना गरेका छन् भने गुप्तेश्वर धार्मिक तथा पर्यटकीय क्षेत्र गुप्तेश्वर गुफाको बृतचित्रमा लेखन तथा निर्देशन समेत गरेका छन् । साहित्य क्षेत्रमा मात्रै नभई उनले पत्रकारिता क्षेत्रमा पनि हात हालेका पाइन्छ । २०१८ मा आँकुरो हस्तलिखित पत्रिकाको सम्पादक, २०२१ मा पर्वत मासिक बुलेटिन (पञ्चायत विकास केन्द्र), २०२२ मा पर्वतमाला त्रैमासिक पत्रिकाको सम्पादन तथा २०५४ मा सगुन साहित्यिक पत्रिकाको सम्पादन समेत गरेका श्रेष्ठ समाजिक कार्य तथा संघसंस्थामा पनि लागेको पाइन्छ ।

नेपाल रेडक्रस सोसाइटी पर्वत, रत्न श्रेष्ठ पुरुस्कार गुठी, गुप्तेश्वर बहुउद्देश्ययी पुस्तकलाय लगाएतका दुइ दर्जन संघसस्थामा अध्यक्ष तथा आजिवन सदस्य भएर लागेका श्रेष्ठले जानपद सेवा पदक २०२३, रत्न श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय पुरुस्कार २०६१ लगाएतका दुई दर्जन भन्दा बढी पुरुस्कार तथा सम्मान पाई सकेका छन् । लामो समय देखि साहित्य क्षेत्रमा लागेका शान्तिनारायणले भारत, थाइल्याण्ड, जापान लगाएतका नेपालका अधिकांश जिल्लाको भ्रमण समेत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा