२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

गलेश्वर आश्रमका वृद्धवृद्धालाई न्यानो कपडा वितरण

२०७५, २९ पुष आईतवार ०६:४३

 पुस २९, गलेश्वर |  म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिकलाई शनिबार सौन्दर्य कला व्यवसायी सङ्घ र लायन्स क्लब अफ बेनी महारानीले न्यानो कपडा वितरण गरेको छ । 

सन्तानबाट तिरस्कृत भएका तथा बेसाहरा वृद्धवृद्धालाई पछ्यौरा, मफलर र ओँठमा लगाउने लिपगार्ड हस्तान्तरण गरिएको हो । 

सोही अवसरमा लायन्स क्लब बेनी महरानीले समेत आश्रमका ज्येष्ठ नागरिकलाई पञ्जा र मोजा वितरण गरेको थियो । घरपरिवार छोडेर आश्रममा बस्नुपर्ने बाध्यतालाई बुझेर लायन्सले विगतमा समेत सहयोग गरेको क्लबकी अध्यक्ष हीरा पौडेलले बताउनुभयो । 

दुवै संस्थाले प्रतिसंस्था रु १५ हजार मूल्य बराबरका न्यानो कपडा सहयोग गरेका थिए । आश्रममा रहेका वृद्धवृद्धासँगै मन्दिरको दर्शन गर्न आएका भक्तजनलाई समेत आवश्यक परेमा निःशुल्क भोजनको सुविधा रहेको बताउँदै सामाजिक सङ्घसंस्थाबाट प्राप्त सहयोगले सहज भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो । आश्रममा म्याग्दीका साथै देशका विभिन्न जिल्लाबाट आएका करीब ७५ वृद्धवृद्धाले आश्रय लिएका छन् । 

पुनःनिर्माणलाई प्रभावकारी बनाउन स्थानीय तहसँँग सम्झौता 

राष्ट्रिय पुनःनिर्माण आयोजना कार्यान्वयन एकाइ म्याग्दीले जिल्लामा पुनःनिर्माण कार्यलाई छिटो र प्रभावकारी रुपमा अगाडि बढाउनका लागि स्थानीय तहसँग सम्झौता गरेको छ । शनिबार जिल्लाका छवटै स्थानीयतहका प्रमुख र राष्ट्रिय पुनःनिर्माण आयोजना कार्यान्वयन एकाइका प्रमुख शिवराम गेलालले १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर पुनःनिर्माण कार्यलाई छिटो अघि बढाउने सम्झौता गरेका हुन् । 

अब जिल्लाको पुनःनिर्माणसम्बन्धी कार्यको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरेका छौँ आयोजना कार्यान्वयन एकाइ म्याग्दीका प्रमुख गेलालले भन्नुभयो । समझदारीपत्रमा नगर तथा गाउँपालिकाका इञ्जिनीयर, सब–इञ्जिनीयर, असिस्टेण्ट सब–इञ्जिनीयर र डकर्मी आवश्यकताअनुसार खटाउने, प्राधिकरणबाट खटिएका जनशक्तिलाई पुनःनिर्माणको काम लगाउने, हाजिरी राख्नेलगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी नगरपालिका तथा गाउँपालिकाको हुने उल्लेख गरिएको छ । 

स्थानीय तहमा प्राधिकरणबाट खटिएका जनशक्तिलाई पुनःनिर्माणको काममा मात्रै लगाउनुपर्ने, स्थानीयस्तरबाट कार्यान्वयन हुने सम्पदा, निजी आवास, एकीकृत बस्ती, स्थानीय पूर्वाधार आयोजनाका लागि तोकिएबमोजिमको बजेट प्राधिकरणले सर्तसहित स्थानीय तहमा पठाउने र समन्वयमा स्थानीय पुनःनिर्माण कार्य योजना तयार पारी कार्यान्वयन गर्ने उल्लेख छ । कार्यक्रममा प्रतिनिधिसभाका सांसद भूपेन्द्रबहादुर थापाको समेत सहभागिता रहेको थियो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते