३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका स्थानीय तहको वर्गीकरण

२९ पुष २०७५, आईतवार ०७:३९

पुस २९, लमही | सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दाङका १० स्थानीय तहलाई दुर्गम, सुगम र मध्यम स्तरमा वर्गीकरण गरेको छ । 

स्थानीय तहको वर्गीकरणअनुसार बङ्गलाचुली र राजपुर गाउँपालिका दुर्गममा परेका छन् भने घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिका सुगममा परेका छन् । त्यस्तै लमही नगरपालिकासहित, दङ्गीशरण, शान्तिनगर, बबई, राप्ती र गढवा गाउँपालिका मध्यमस्तरमा रहेका छन् । 

सरकारले अति नै दुर्गमलाई ‘क’, दुर्गमलाई ‘ख’, मध्यमलाई ‘ग’ र सुगमलाई ‘घ’ वर्गमा विभाजन गरेको छ । सरकारले नेपालका ७५३ वटै स्थानीय तहलाई वर्गीकरण गरी सूची सार्वजनिक गरेको हो । मुलुक नयाँ संरचनामा गएपछि बनेका स्थानीय तहहरुको पहिलो पटक वर्गीकरण गरिएको हो । 

भौगोलिक अवस्था र सामाजिक आर्थिक विकासलगायतका आधारमा सरकारले स्थानीय तहलाई चार तहमा वर्गीकरण गरेको हो । यातायातको सुविधा, प्रदेश राजधानीदेखिको दूरी, जिल्ला सदरमुकामदेखिको दूरी, स्थानीय तहमा उपलब्ध शिक्षा, स्वास्थ्य सेवा, दूरसञ्चार, विद्युत्को पहुँच र नियमितता, मानव विकास सूचकाङ्क, भौगोलिक अवस्थिति समेतका आधारमा सूचक निर्धारण गरी वर्गीकरण गरिएको हो । 

मन्त्रालयले जिल्ला समन्वय समितिले पठाएको विवरणका आधारमा वर्गीकरण गरेको हो । वर्गीकरणका आधारका स्थानीय तहको विकासमा प्राथमिकता र स्थानीय तहमा खटिने कर्मचारीको व्यवस्थापन, कर्मचारीको सेवा सुविधा र वृत्ति विकासमा समेत वस्तुगत बनाउन सजिलो हुने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताउनुभयो । 

उहाँका अनुसार देशभरका अति दुर्गम ‘क’ वर्गका १६२, दुर्गम ‘ख’ वर्गका २१८, मध्यम ‘ग’ वर्गका २७५ र सुगम ‘घ’ वर्गका ९८ वटा स्थानीय तह रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ