2026-09-28 06:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

नौमती बाजा संरक्षणमा तेह्रथुमका गुरुङ समुदाय

पुस २९, तेह्रथुम | कुनै बेला दलित समुदायले मात्र बजाउँदै आएको नौमती बाजा लोप हुनलागेको भन्दै यहाँका गुरुङ समुदाय तिनको संरक्षणमा जुटेका छन् । 

बाजा बजाएकै कारण अन्य समुदायबाट अपहेलित हुनुपर्दा गाउँका दलित समुदायले बजाउन छाडेका बाजा सङ्कलन गरेर म्याङलुङ नगरपालिका–७ हरिसे बस्तीका गुरुङ समुदायले बाजा संरक्षणका लागि अभियान थालेका छन् । 

विशेष गरेर शुभकार्यमा बजाइने यी बाजा दलित समुदायले बजाउन छाडेपछि गाउँघरमा हुने विवाह, ब्रतबन्धजस्ता शुभकार्य सुनसान बन्न थालेका थिए । “लोपोन्मुख लोकबाजा संरक्षण गर्न संरक्षण अभियान थालेका हौँ”, स्थानीयवासी ललितबहादुर गुरुङले भन्नुभयो, “यो कार्यले समाजमा रहेको जातीय विभेदको अन्त्य गर्न पनि सहयोग पुर्याउने हाम्रो आशा छ ।” उहाँकै पहलमा गाउँभरका गुरुङ समुदायले यी बाजाको संरक्षण गर्न प्रयास थालेका हुन् । 

गाउँमा रहेका करीब ४० घरधुरीका गुरुङ परिवार अहिले घरका सारा काम थाँती राखेर दलितले बजाउने पञ्चे र नौमती बाजा सङ्कलन गरी बजाउन सिक्दैछन् । गुरुङ समुदायले विगत तीन वर्षदेखि गाउँघरमा हुने विवाह लगायत शुभकार्य र खुसीको समयमा पञ्चे र नौमती बाजा बजाउने गरेका छन् । “बाजा बजाउँदैमा कोही तल्लो जात हुँदैन”, स्थानीय युवा मन्दीप गुरुङले भन्नुभयो, “हाम्रो समाजको साझा पहिचान र संस्कृतिका रुपमा रहेका यी बाजा जसले बजाए पनि हुन्छ ।” 

गुरुङ समुदायलाई पनि शुरुमा दमाईँले बजाउँदै आएको बाजा बजाउन त्यति सजिलो चाहिँ भएन । गाउँका केही पढेलेखेका र लोक संस्कृतिका बाजा रुचाउने दुई÷चार जना मिलेर बाजा बजाउन शुरु गर्दा धेरैले दलितकै उपमा दिएको स्थानीय नवीन गुरुङले बताउनुभयो । 

यसरी सङ्गठित भएका गुरुङ समुदायले सहनाइ, झ्याम्टा, दमाहा, ढोलकी, मादल, नरसिंहा, नगरा, ट्याम्कोलगायत बाजा खरिद गरेर ल्याएका छन् । अहिले गाउँभरका अन्य ब्राह्मण परिवारका युवायुवती तथा बुढापाकालाई पनि यी बाजा बजाउने तालीमका साथमा प्रशिक्षणसमेत दिइँदैछ । गाउँगाउँमा छरिएर रहेका लोकबाजा, लोक संस्कृति, लोकनृत्यलगायत कलाको संरक्षण र जगेर्ना गर्न राज्यले सहयोग गर्नुपर्नेमा कहीँकतैबाट सहयोग नपाएकामा सो समुदायले गुनासो गरेका छन् । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह