२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाको सबै वडामा प्रसूति केन्द्र स्थापना

३० पुष २०७५, सोमबार ०६:१४

पुस ३०, बेझाड | पाल्पाको दुर्गम र विकटमा रहेको रम्भा गाउँपालिकाका सबै वडामा प्रसूति सेवा सञ्चालनमा भएपछि सुत्केरीलाई सेवा लिन सजिलो भएको छ । 

स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका यहाँका महिलालाई गाउँपालिकाका पाँच वटै वडामा प्रसूति केन्द्र सञ्चालनमा आएपछि ठूलो राहत मिलेको छ । यहाँ प्रसूति सेवा नहुँदासम्म जिल्ला सदरमुकाम तानसेन जानुपर्ने बाध्यता थियो । 

गाउँपालिकालाई शून्य होमडेलिभरी पालिका बनाउन जनप्रतिनिधिको पहलमा सबै वडामा प्रसूति सेवा केन्द्र स्थापना गरिएको हो । 

चालू आर्थिक वर्षको साउनयता ८२ सुत्केरी भएकोमा ७८ ले स्वास्थ्य संस्थामा पुगेर बच्चा जन्माएको रम्भा गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक शिवप्रसाद अर्यालले बताउनुभयो । करीब ९५ प्रतिशत गर्भवती सुरक्षित किसिमबाट स्वास्थ संस्थामा पुगेर सुत्केरी भएको पाइएको छ । यसलाई शतप्रतिशत पु¥याउन गाउँपालिकाले स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । 

गाउँपालिकामा संस्थागत सुत्केरी बढाउन स्वास्थ्य संस्थामा नै पुगेर बच्चा जन्माउने महिलालाई प्रोत्साहन स्वरुप रु एक हजार ५०० रकम प्रदान गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । 

गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य सेवाको पहुँच बढाउन प्रत्येक वडामा गर्भवती तथा सुत्केरीको तथ्याङ्क सङ्कलन, वस्तुस्थितिको अध्ययन र योजना निर्माण गरिएको छ । 

यसैगरी पूर्ण पोषण र बालमैत्री गाउँपालिका घोषणाका लागि गाउँपालिकाले तयारी गरिरहेको छ । पूर्ण पोषणयुक्त गाउँपालिका घोषणाका लागि महिला स्वास्थ्य स्वयंसेविका, सहयोगी सहजकर्ता तथा अन्य सरोकारवालाई तालीम प्रदान गरिएको छ । 

वृद्धा कालीगण्डकीमा बेपत्ता 

रामपुर नगरपालिका–६ तालपोखरा बस्ने एक वृद्धा कालीगण्डकीमा बेपत्ता हुनुभएको छ । ६७ वर्षीया कमला भण्डारी आइतबार रामपुर–६ स्थित तातोपानीघाटको झोलुङ्गे पुल नजिकैको कालीगण्डकीको किनाराबाट हाम फालेर बेपत्ता हुनुभएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भूपालसिं रानाले जानकारी दिनुभयो । नदीमा बेपत्ता भण्डारीको प्रहरी र स्थानीयवासी, आफन्तले खोजी गरिरहेका छन् । 

यसैबीच कालीगण्डकीमा नुहाउने क्रममा एक युवा बेपत्ता हुनुभएको छ । आइतबारको समयमा चापाकोट नगरपालिका–१ स्थित कालीगण्डकीमा नुहाउन गएका वर्ष १६ का चितवन कालिका नगरपालिका घर भएका केशवप्रसाद चेपाङ बेपत्ता हुनुभएको हो । नदीमा नुहाउने क्रममा चिप्लिएर बेपत्ता चेपाङको खोजी कार्य जारी रहेको प्रहरी चौकी चापाकोटका प्रमुख जगदीश तिमिल्सनाले जानकारी दिनुभयो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य