२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेको सीमापारि भारतीय बजार रुपैडिहामा सस्तो पाइने भन्दै उपभोक्ताको भीड

२०७५, ३० पुष सोमबार ०६:२४

निरज गौतम |  पुस ३०, नेपालगञ्ज | घरायसी प्रयोजनका सामाज खरीद गर्न बाँकेको सीमापारि भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको प्रत्येक दिन घुइँचो नै लाग्ने गर्दछ । कारण एउटै हो, नेपालगञ्जभन्दा भारतीय बजार रुपैडिहामा सबै सामान सस्तो पाइन्छ भन्ने बुझाइ । 

यहाँका उपभोक्तामा जरो गाडेर बसेको यो बुझाइ नयाँ भने होइन । “हामीले नेपाली उपभोक्तामा जरो गाडेर बसेको यो बुझाइ तोड्न धेरै प्रयत्न ग¥यो, तर सफल भने हुन सकेका छैनौँ”, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यको भनाइ छ । 

भारतीय बजारबाट उपभोक्ताले ल्याउने सामानमा नेपालगञ्ज भन्सार कार्यालयले कडाइ नर्दा पनि उपभोक्ताको रोजाइमा भारतीय बजार परेको उहाँको भनाइ छ तर, भन्सार कार्यालय भने यो कुरा मान्न तयार छैन । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौला भन्नुहुन्छ, “हामीले सामान ल्याउँदा भन्सार लिने गरेका छौँ, तर व्यावहारिक पक्षलाई ख्याल गर्दा केही खुकुलो भएको मात्र हो ।” 

भन्सार प्रमुखको यो प्रष्टीकरणले भने मूर्तता पाउन सकेको छैन । भन्सार नतिरेरैै व्यक्तिगत उपभोक्ताले दिनहुँजसो रुपैडिहा बजारबाट चामल, दाल, चिनी, तेल, लुगाकपडा, विद्युतीयलगायतका सामग्री ल्याउने गरेका छन् । नेपालगञ्ज फुलटेक्राकी साहान ठकुरीले भन्नुभयो, “म महीनामा दुई÷तीन पटक रुपैडिहा बजार जाने गर्छु । मैले सामान ल्याउँदा अहिलेसम्म भन्सार तिर्नुपरेको छैन ।” 

सहानाजस्ता सयौँ उपभोक्ताले दिनहुँ रुपैडिहा बजारबाट घरायसी र व्यक्तिगत प्रयोजनका सामान भन्सार नतिरेरै ल्याउने गरेका छन् । यही कुराले नेपालगञ्जमा व्यापारीलाई सधैँ चिमोट्ने गर्छ । भन्सार तिर्न नपरेपछि रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड त्यहाँका व्यापारीका लागि थेगी नसक्नु छ भने नेपालगञ्जका व्यापारी पसलमा ग्राहक पर्खी बस्नुपर्ने विडम्बनापूर्ण स्थिति छ । 

अझ चाडपर्व, बिहे, व्रतबन्धको समयमा त रुपैडिहा बजारका पसलमा नेपाली ग्राहकलाई खुट्टा राख्ने ठाउँ नै हुँदैन । नेपाली उपभोक्तालाई ध्यानमा राखेर नै रुपैडिहामा सपिङ मल, सपिङ मार्टलगायतका ठूलाठूला पसल खुलेका छन् । 

केही महीनाअघि नेपालगञ्ज भन्सार कार्यालयले रु एक हजार बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने उर्दी गरेपछि बीचमा केही समय रुपैडिहा जानेको सङ्ख्यामा कमी आएको थियो । यो निर्णय दीर्घकालीन हुन नसक्दा अहिले फेरि रुपैडिहा जाने नेपाली उपभोक्ताको सङ्ख्या ह्वात्तै बढेको छ । 

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्य भन्नुहुन्छ, “रुपैडिहामा सबै सामान सस्तो पाइन्छ भन्ने गलत बुझाइका कारण नेपालगञ्जमै सस्तोमा पाइने बहुर्राष्ट्रिय कम्पनीका सामान समेत नेपाली उपभोक्ताले महँगोमा किनेर ल्याउने गर्दछन् ।” 

रिक्सा, टाँगा र माइक्रोबसमा कोचिएर, भारतीय कष्टमका कर्मचारी र एसएसबीको हेपाइ सकेर किन नेपाली रुपैडिहामा सामान किन्न जान्छन् त ? प्रायः सबै उपभोक्ता भन्छन, “नेपालगञ्जभन्दा रुपैडिहामा सामान सस्तो पाइन्छ र भन्सार पनि तिर्नु पर्दैन ।” 

घरको करेसाबारीलाई बाँझो राखेर खुर्सानी, लसुन, बेसारसम्म किन्न रुपैडिहा जानेको भीडले गर्दा भारतीय व्यापारी मालामाल भइरहेका छन् । रुपैडिहामा दैनिक कति नेपाली किनमेलमा जान्छन् भन्ने यकिन तथ्याङ्क नभए पनि त्यहाँ दैनिक रु पाँच करोड बढीको कारोवार हुने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको प्रारम्भिक तथ्याङ्क छ । अझ चाडपर्वका बेला त यो सङ्ख्या र रकम दोब्बर हुने अनुमान सङ्घले गरेको छ । 

नेपालगञ्ज बजार सुक्ने र रुपैडिहा चम्किने गतिविधि अहिलेको नयाँ भने होइन । मानिसको दिमागमा रुपैडिहामा सामान सस्तो पाइन्छ भन्ने छाप बसेकाले पनि यस्तो भइरहेको र यो भ्रमलाई उद्योग वाणिज्य सङ्घ वा नेपाली व्यवसायीले चिर्न नसकेकै कारण सीमापारि जानेको भीड कम हुन नसकेको सम्बद्ध क्षेत्रका जानकार बताउछन् । रासस |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला