२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीमा सञ्चार गृहको शिलान्यास

३० पुष २०७५, सोमबार ०६:४४

 पुस ३०,गलेश्वर | म्याग्दीको बेनीमा सञ्चालित म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडको भवन निर्माणका लागि आज बेनीको मङ्गलाघाटमा शिलान्यास गरिएको छ । विसं २०६६ देखि भाडाको घरबाट सञ्चालन हुँदै आएको सञ्चार सहकारी संस्थाले रु ५० लाखमा घडेरी किनेर ५०० वर्गफिटको चारतले पक्की भवन निर्माण गर्न लागेको हो । 

आगामी पुस मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने सो भवनको म्याग्दीकाली सञ्चार सहकारी संस्थाका उपाध्यक्ष विजयकुमार श्रेष्ठ र संस्थापक सदस्य माधवप्रसाद रेग्मीले आज बिहान संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो । 

म्याग्दीकाली सञ्चार सहकारी संस्थाबाट म्याग्दीकाली एफएम, म्याग्दीकाली केवुल र म्याग्दीकाली इन्टरनेट सञ्चालन हुँदै आएका छन् । रु एक करोडको लागतमा निर्माण हुन लागेको भवन बनेपछि नयाँ प्रविधिका साथ सञ्चारको सवलीकरणमा जोड दिइने संस्थापक सदस्य रेग्मीले बताउनुभयो । संस्थामा ५४९ जना शेयर सदस्य रहेका छन् । रासस |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य