2026-09-13 12:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा एम्बुलेन्सबिहीन ठूला अस्पताल

पुस ३०,लमही | प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भएपनि अहिले दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुर ‘एम्बुलेन्स’ बिहीन अवस्थामा छ । अस्पताल स्थापनादेखि सञ्चालन हुँदै आएका एम्बुलेन्स तीन वर्षदेखि बिग्रिएर थन्किएको छ । 

एम्बुलेन्स नभएपछि बिरामीलाई अन्य अस्पतालमा पठाउँदा तथा टाढाटाढाबाट बिरामी ल्याउन निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ । अस्पतालको रा १ झ ११३ नं को एम्बुलेन्स बिग्रिएपछि अहिले निजी एम्बुलेन्समा सिफारिस गर्ने गरेको अस्पतालका सूचना अधिकारी कमल सुवेदीले बताउनुभयो । 

निजी एम्बुलेन्सले महङ्गो शूल्क तिर्नुपर्ने सेवाग्राहीको बाध्यता छ । अर्कोतर्फ आफूलाई आवश्यक परेको समयमा एम्बुलेन्स पाउन पनि समस्या हुने गरेको सेवाग्राही दधिराम केसीले बताउनुभयो । एम्बुलेन्स चलाउनका लागि एकजना चालकको दरबन्दी रहेपनि अहिले रिक्त छ । 

त्यस्तै घोराहीको हाल स्वास्थ्य विज्ञान प्रतिष्ठान (साविकको राप्ती उपक्षेत्रीय अस्पताल) मा १० वर्षदेखि बिग्रिएको एम्बुलेन्स मर्मत हुनसकेको छैन् । पटक÷पटक बिग्रिने र मर्मत गर्दा धेरै खर्च हुने भएकाले मर्मत नगरी त्यतिकै थन्काइने गरिएको छ । 

एम्बुलेन्सबिहीन अस्पताल प्रदेश सरकारको पर्खाइमा छ । प्रदेश सरकारले प्रत्येक अञ्चल अस्पतालमा दुई÷दुई एम्बुलेन्स उपलब्ध गराउने भनी बजेट ल्याएको भन्दै त्यसकै पर्खाइमा रहेको अञ्चल अस्पतालका सूचना अधिकारी सुवेदीले बताउनुभयो । 

दाङका सातवटा एम्बुलेन्स प्रयोगबिहीन रहेका छन् । दाङमा सञ्चालनमा आएका ६२ वटा एम्बुलेन्समध्ये अहिले ५५ वटा एम्बुलेन्स मात्रै सञ्चालनमा आएका छन् । राप्ती अञ्चल अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लाइन्स क्लब आफ तुलसीपुर, घोराही उद्योग वाणिज्य सङ्घ र होटल व्यवसाय समिति घोराहीलगायतका सातवटा एम्बुलेन्स बिग्रिएर प्रयोगबिहीन अवस्थामा रहेको संयुक्त एम्बुलेन्स चालक सङ्घ दाङका अध्यक्ष इन्द्रबहादुर केसीले जानकारी दिनुभयो । 

ती एम्बुलेन्स मर्मत गर्न कुनै पनि निकायले ध्यान नदिएको गुनासो समेत उहाँले गर्नुभयो, “दाङमा एम्बुलेन्स थपिने क्रम जारी भएपनि प्रभावकारी सेवा प्रदान गर्न नसकेको स्वीकार उहाँको भनाइ छ । बिरामी बोक्ने सरकारी अस्पतालका एम्बुलेन्स समेत मर्मत गर्नतर्फ ध्यान नदिनु दुःखद भएको समेत उहाँको भनाइ छ । 

दाङमा सघन उपचार कक्षसहितको एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । तुलसी हस्पिटल प्रालिले पुसको दोस्रो सातादेखि दाङमै पहिलोपटक ‘क’ वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । हस्पिटलका बालरोग विषेशज्ञ डा किशोर खत्रीका अनुसार सघन उपचार कक्ष,भेन्टिलेटर, काड्रियोक, सक्सन, नेबुलाइजर, इसिजीलगायत बिरामीका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीसहितको टोली पनि बस्न मिल्ने एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो । 

यसमा अन्य एम्बुलेन्सभन्दा सेवा र सुविधा बढी भएको उहाँको भनाइ छ । अब गम्भीर घाइते र बिरामीलाई समयमै आवश्यक पर्ने अस्पतालसम्म पुर्याउन सहयोग पुग्ने उहाँको भनाइ छ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले