Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

बैंकिङ कसुर मुद्दामा एकजना महोत्तरीबाट पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ १, गौशाला | महोत्तरी प्रहरीले आज बैंकिङ कसुर मुद्दामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मनरासिस्वा नगरपालिका–१० बस्ने सत्येन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।&nbsp;<br></p><p>पक्राउ परेका यादवले जिल्लाकै एकडारा गाउँपालिका–४ हलखोरी बस्ने सविता यादवसँग रु तीन लाख ठगी गरी उनलाई गलत चेक दिएर बैंकमा पठाएको र उनको चेक बैंकमा बाउन्स भएपछि बैंकिङ कसुरमा पक्राउ गरिएको हो । पीडितले प्रहरीमा आफू ठगिएको जानकारी गराएपछि आजै प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो ।–––&nbsp;</p>