Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

नाङढुङ्गामा बस दुर्घटनामा तीनको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ ३, गलेश्वर | म्याग्दीको सदरमुकाम बेनीबाट नारयाणघाट जाँदै गरेको यात्रुवाहक बस बागलुङ र पर्वतको सिमानामा पर्ने मालढुङ्गामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।&nbsp;<br></p><p>बेनीबाट आज बिहिबार बिहान ८ बजे छुटेको ग१ख ६१०८ नंको यात्रुवाहक बस मालढुङ्गाको सुकुम्वासी टोलमा दुर्घटना भएको हो ।&nbsp;</p><p>“दुर्घटनामा धेरै घाइते भएका र तिनको विस्तृत विवरण प्राप्त भइनसकेको तर तीनको मृत्यु भएको जानकारीमा आयो”, घटनास्थल पुग्नुभएका म्याग्दी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकृत लोकबहादुर गुरुङले बताउनुभयो । घाइतेहरुलाई उपचारका लागि बागलुङ र कुश्माका अस्पतालमा पुर्याइएको जनाइएको छ । रासस |</p>