२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा गोरु जुधाइको विस्तारसँगै मित लगाउने अवधारणासम्म

२०७५, ३ माघ बिहीबार ०६:३१

श्याम रिमाल | माघ ३, नुवाकोट | जिल्लाका धेरै ठाउँमा माघे सङ्क्रान्तिलाई गोरु जुधाइको पर्वसँग जोडेर मनाउने क्रम बढेसँगै पञ्चकन्या गाउँपालिका घलेभञ्ज्याङमा पनि गोरु जुधाएर आन्तरिक पर्यटन प्रवद्र्धनको प्रयास गरिएको छ । काठमाडौँ गोङ्गबुबाट ४९ किमी उत्तरमा रहेको घलेभञ्ज्याङमा चार वर्षअघिदेखि गोरु जुधाइँदै आएको छ । 

पशु अधिकारका विषय नउठ्दै बट्टाइ, लुइँचे र कुखुराको भाले जुधाउने नेपाली परम्परानुसार हिउँदमा घाम ताप्दै गोरु जुधाएर मनोरञ्जन लिने गरिन्छ । तत्कालीन पञ्चकन्या गाविसका पूर्वअध्यक्ष राम थापाको पहलमा शुरु भएको सो परम्परा यहाँ छ हल गोरु जुधाएर कायमै रह्यो । यस वर्ष नुवाकोटका तारुका, पञ्चकन्या र शेरा तथा धादिङको धुवाँकोटमा भएको कार्यक्रममा नेपाल पर्यटन बोर्डले रु दुई दुई लाख दिएर पर्यटन प्रवद्र्धन गर्न सहयोग ग¥यो । ‘पञ्चकन्याको पौरख, नुवाकोटको गौरव’ नाराका साथ नेपालको सांस्कृतिक खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय नवप्रतिभा युवा समूहले आयोजना गरेको गोरु जुधाइ (बुल फाइट मेला) तथा विविध सांस्कृतिक कार्यक्रममा काठमाडौँदेखि जिल्ला सदरमुकाम विदुर, तादी, तुप्चे, शिवपुरी, लिखु आदि ठाउँबाट दर्शक एवं स्रोता सहभागी भए । 

मध्यम खालको एउटा गरोमा जुधेका गोरु हेर्न गरामै तथा वरिपरिका डिलमा साढे जुधाइ हेर्न करीब तीन हजार बाल, युवा, तथा ज्येष्ठ नागरिकको भीड लागेको थियो । लाले, गजुवा, काले आदि नाम गरेका १२ गोरु एकापसमा जुधाउन कोही है है तथा कोही लाले र काले भन्दै हौस्याइरहेका थिए । गोरु जुधाइसँगै धमेश दुलाल, शर्मिला श्रेष्ठ, दीपिका मगर आदिको समूहले आफूसँगै अतिथि र दर्शकलाई गीत र नाचमा सहभागी गराएको थियो । गाउँपालिकाका पाँच वडामध्ये चार वडाले सात हल गोरु दर्ता गरे पनि छ हल मात्र जुधाइएको थियो । कुनै गोरुले ३५ मिनेटसम्म त कुनै ३० सेकेण्ड मात्र भिडेका थिए । गोरु जुधेको समय, तिनको हनाइ र धकेलाइलाई आधार हेरेर जीतहारको निर्णय गर्न स्थानीयवासी गणेश खनालको संयोजकत्वमा पाँच जनाको निर्णायक समिति नै गठन गरिएको थियो । 

प्रतियोगितामा सुविन थापा र सोमबहादुर तामाङका गोरु प्रथम(रु १५ हजार), उमेश अधिकारीको गोरु द्वितीय (रु १० हजार), अर्जनु प्याकुरेलको गोरु तृतीय(रु पाँच हजार) तथा राम थापा र रघुराम थापाका गोरुले सान्त्वना पुरस्कार पाएका थिए । नपाली काङ्ग्रेसका नेता जगदीशनरसिंह केसी, रमेश महत र महेन्द्र थिङले आफ्नो धर्म र संस्कृति नछाड्न स्थानीयवासीलाई अनुरोध गर्दै छहरे–घलेभञ्ज्याङ तथा आँपरह–राउटार–घलेभञ्ज्याङ सडक योजनाबाट नकाट्न सरकारसँग आग्रह गर्नुभयो । 

पूर्वमा दुप्चेश्वर, पश्चिममा लिखु, उत्तरमा तादी र दक्षिणमा शिवपुरी र लिखु सिमाना भएको पञ्चकन्या गाउँपालिकामा ब्रह्मेश्वर र कपिलेश्वर महादेव, नाट्येश्वरी कालिका र पञ्चकन्या मन्दिर, घ्याङ्स्वाँरा, घलेभञ्ज्याङ, चमेरो गुफा आदि दर्शनीयस्थल छन् । गणेश हिमाल र नुवाकोटकै सबभन्दा अग्लो पहाड राहुचुली(करीब चार हजार २७० मिटर अग्लो, काठमाडौँको टुँडिखेलबाट पनि देख्द सकिने) यहाँबाट देख्न सकिन्छ । मलिला खेतबारी, पशुपालनका लागि उपयुक्त घाँस र पानीका स्रोत धेरै भएको पञ्चकन्यामा धान, प्रायः सबै जातका फलफूल, अदुवा आदि उत्पादन हुन्छ । यहाँको रायोको साग काठमाडौँसम्म पनि प्रख्यात छ । राम थापाको नेतृत्वमा रहेको पञ्चकन्या अर्गानिक फार्ममा अहिले कफी र काजुको पनि खेती हुन लागेको छ । यहाँ सबैका घरमा चर्पी र खानेपानीका धारा छन् । 

स्थानीय सेड नेपालका अध्यक्ष पुरुषोत्तम खड्का छहरेदेखि घलेभञ्ज्याङसम्मको स्तरोन्नति गरी बाह्रै महीना सवारी साधन चल्ने सडक र खेलकूद मैदान निर्माण तथा क्याम्पस र अस्पताल स्थापनामा जोड दिनुहुन्छ । उहाँका अनुसार यहाँ नेपाल टेलिकमको टावरले पनि त्यति काम दिँदैन । 

नेपाल पर्यटन बोर्ड सञ्चालन समितिका सदस्य दीपक महत गोरु जुधाइजस्ता कार्यक्रममा स्थानीय उत्पादनका कक्ष राखेर प्रवद्र्धन गर्न सल्लाह दिनहुन्छ । उहाँका अनुसार कपिलेश्वर महादेव मन्दिरमा भव्य शिवको मूर्ति राख्न सकेमा पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । त्यस्तै शुरु शुरुमा ससाना रिसोर्ट स्थापना गरी पर्यटक आकर्षण गर्न सकिने पनि उहाँको धारणा छ । बोर्डका अर्का सदस्य अवधेश दास गोरु जुधाइसँगै भाले तथा बाख्रा जुधाइ कार्यक्रम गर्न सल्लाह दिनुहुन्छ । गाविसका पूर्वअध्यक्ष थापा भने नुवाकोट जिल्लामै मित लगाउने प्रथा पुनःसञ्चालन गर्नुपर्ने बताउनुहुन्छ । पञ्चकन्या गाविसलाई जैविक गाउँ बनाउने अभियानमा लाग्नुभएका उहाँ त्यसलाई कृषिको अनुसन्धान थलो बनाउने ध्याउन्नमा हुनुहुन्छ । 

गाउँपालिकाका उपाध्यक्ष सीता पराजुली खड्काले भनेजस्तै संस्कृति जगेर्ना गर्ने यस परम्परालाई अर्काे वर्ष पनि अझ बढी प्रचारप्रसारका साथ निरन्तरता दिइने प्रतिबद्धता स्थानीयवासी कृष्ण मिश्रको छ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला