2026-09-14 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा हिउँदे नगरसभाद्वारा तीन नयाँ ऐन पारित

माघ ३, बागलुङ | बागलुङ नगरपालिकाको हिउँदे नगरसभाले तीन नयाँ ऐन पारित गरेको छ । सार्वजनिक निजी साझेदारी ऐन–२०७५, फोहरमैला व्यवस्थापन कार्यविधि ऐन–२०७५ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यविधि ऐन–२०७५ लाई नगरसभाले सर्वसम्मत स्वीकृत गरेको हो । 

नगरप्रमुखबाट प्रमाणित भएपछि ऐन लागू हुने विधायन समितिका संयोजक लक्ष्मी बाँस्कोटाले जानकारी दिनुभयो । प्रमाणित भएपछि ऐनलाई स्थानीय राजपत्रमा समेत प्रकाशित गरिनेछ । “ऐन भने पनि यो स्थानीय कानून हो”, संयोजक बाँस्काटाले भन्नुभयो, “यसकै आधारमा नगरको कामकारवाही अघि बढ्छ ।” 

स्थानीय कानूनमा सङ्घ, प्रदेशबाट बन्ने कानूनसँग बाझिने बुँदा भए ती स्वतः खारेज हुने व्यवस्था छ । स्थानीय सरकार सञ्चालनका लागि आवश्यक कानून बनाउने अधिकार स्थानीय तहलाई छ । नगर कार्यपालिकाको निर्णयपछि कानून बन्ने प्रक्रिया अघि बढ्छ । कार्यपालिकाले तयार गरेको मस्यौदा कानून विषयगत समिति हुँदै विधायन समितिमा आएर टुङ्गो लाग्छ । 

“विधायन समितिले आवश्यक सुझाव र परिमार्जनसहित कार्यपालिकामा पठाउँछ”, संयोजक बाँस्कोटाले भन्नुभयो, “अन्तिममा पारितका लागि नगरसभामा प्रस्तुत हुन्छ ।” बागलुङ नगरपालिकाले हालसम्म २८ स्थानीय कानून निर्माण गरिसकेको छ । यसअघि कृषि व्यवसाय प्रवद्र्धन ऐन–२०७४, सहकारी ऐन–२०७४, न्यायिक कार्यसम्पादन कार्यविधि ऐन–२०७५ लगायतका ऐन, कानून कार्यान्वनमा आइसकेका छन् । 

केही जरुरी महत्वका कानून निर्माणमा भने ढिलाइ भइहेको पाइएको छ । शिक्षा, नक्सापासलगायतका विषयमा आवश्यक कानून नबन्दा समस्या देखापरेका छन् । शिक्षा ऐन ल्याउन गृहकार्य भइरहेको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । “शिक्षा ऐनको बारेमा सरोकार भएकाहरुको बीचमा छलफल, परामर्श भइहेको छ”, उहाँले भन्नुभयो, “विशेष नगरसभा आह्वान गरेर बाँकी कानून ल्याउँछौँ ।” 

उहाँले चौथो नगरसभाबाट स्वीकृत भएका तीन नयाँ कानून छिट्टै लागू हुने बताउनुभयो । “फोहरमैला व्यवस्थापनमा समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “नयाँ बनेको ऐनले त्यसलाई हल गर्छ ।” उहाँले फोहर नउठाउनेलाई कारवाही गर्न हाल कानूनी आधारसमेत नभएको उल्लेख गर्नुभयो । नगरपालिकाले फोहर व्यवस्थापनको जिम्मा यहाँको एक सहकारीलाई दिएको छ । 

सार्वजनिक निजी साझेदारी कार्यक्रमलाई परिणाममुखी बनाउन नयाँ ऐनले दिशानिर्देश गर्ने विश्वास गरिएको छ । औचित्यका आधारमा त्यस्ता कार्यक्रमलाई नियमित गर्ने नत्र पुनरावलोकन गरिने प्रमुख पौडेलको भनाइ छ । 

वर्षे नगरसभालाई नीति, कार्यक्रम तथा बजेट ल्याउने सभाको रूपमा र हिउँदे नगरसभालाई कानून बनाउने सभाको रूपमा लिइन्छ । हिउँदे नगरसभा यही पुस २८ गतेदेखि ३० गतेसम्म चलेको थियो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ