2026-09-13 01:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा डिएसपीलाई कारबाहीको माग गर्दै विद्यार्थी संगठनद्घारा ज्ञापनपत्र पेश

सम्राट सिंह | माघ ३, बझाङ | सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङका डिएसपी प्रविण धितालले जुवा खेलाउन निर्देशन दिएको अडियो सामाजिक संञ्जाल तथा मिडियामा सार्वजनिक भएपछि आज आवश्यक छानविन गरी कारबार्हिको माग गर्दै २ विद्यार्थी संगठनले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन ।

प्रहरीको नेतृत्वबाट नै यसरी जुवा खेलाउन निर्देशन दिएको अडियो सार्वजनिक भएपछि विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले संयुक्त रुपमा विज्ञप्ती जारी गरी आवश्यक छानविन गरी कारबार्हिको माग गरेका हुन ।

डियसपी धितालले जिल्लामा हुँदा जुवातास बन्द गरेर चर्चामा आउने तर काठमाण्डौ गई कमिसन लिएर जुवा खेलाउन अनुमती दिलाउने दोहोरो चरित्र देखाएको अनेरास्ववियूका जिल्ला सचिव प्रविन्द्र धामीले बताए । यसरी जनताको सेवक प्रहरीको नेतृत्वबाट नै यसरी जुवा खेलाउन दिएको निर्देशनको विद्यार्थी संगठनहरुले घोर आपत्ती रहेको उनको भनाइ छ । 

अनेरास्ववियूका सचिव प्रविन्द्र धामी र अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रामचन्द्र रोकायाको संयुक्त हस्ताक्षर सहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी प्रेम सिंह कुँवरलाई बुझाएको र बोदार्थ गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाएको छ । जुवा खेलाउन निर्देशन दिएको आरोप लागेका डियसपी धिताल भने आफुले जुवाडे पक्राउ गर्न बनाएको योजनाको अडियो नै बाहिरिएको बताउँदै आएका छन । 

संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेमंसिह कुँबरले यो बिषयमा आप्नो गम्भीर ध्यान आर्कषण भएको र तत्काल बोदार्थ गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाउने बताए । सत्य र निश्पक्षता र जनताको पहरेदारको रुपमा चिनिने प्रहरी संगठन भित्र यस्ता विकृति देखिँदा बझाङबासी जनतामा नकारात्मक प्रभावका साथै विश्वास गुुमेको ज्ञापनपत्रमा उल्लेख गरेको छ । 

प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र र बजार क्षेत्रमा प्रेस विज्ञप्ती पनि टाँस गरी विद्यार्थी संगठनहरुले तत्काल घटनाको छानविन गरी यसमा संलग्न जोकोहिलाई पनि  कडा कारबार्हि गर्नुपर्ने अनेरास्ववियू क्रान्तिकारी का अध्यक्ष तथा जयपृथ्वी क्याम्पसका स्ववियू सभापती रामचन्द रोकायाले बताए । उनले वास्तविक छानविन गरी कडा कारबार्हि नगरे आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले