२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखको ग्यास अन्वेषण गर्न चिनिया परियोजना स्विकृत

२०७५, ३ माघ बिहीबार १३:४१

माघ ३, दैलेख । सरकारले ग्यास खानीको अन्वेषण गर्न एक चिनिया परियोजनालाई स्विकृत गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले दैलेख र पाल्पाको तानसेनमा भएको ग्यास खानीको अन्वेषण गर्न चिनियाँ परियोजनालाई स्वीकृति दिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन् ।

नेपालले बेला–बेलामा भोग्ने इन्धन संकट अन्त्यको लागि यो परियोजना महत्वपूर्ण हुने पनि उनले बताए । सुर्खेतको वीरेन्द्रनगरमा शितभण्डार बनाउन सरकारले ५० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ । यस्तै मन्त्रिपरिषद्को बैठकले भारतसँग रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक स्विकृति दिएको छ ।

मन्त्रालयले जी टु जी प्रणाली अन्तरगत भारतसँग रेल किन्ने छ । जनकपुर कुर्था रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगे पनि रेलको टुंगो लागेको छ ।  यस्तै मन्त्री परिषद्को बैठकले पानीजहाज सञ्चालन गर्नको लागि नेपाल पानीजहाजको कार्यालय स्थापना गर्ने र १६ जना कर्मचारीसहित कार्यालय पनि स्थापना गर्ने निर्णय  पनि गरेको छ । यस्तै मन्त्रीहरुले आफ्नो तलब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नभई सम्बन्धित मन्त्रालयबाटै लिने पनि निर्णय गरेको छ । यस्तै सञ्चयकोषको अध्यक्षमा शिशिरकुमार ढुंगानालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । यस्तै बैठकले लगानी सम्मेलन २०१९ आउँदो चैत्र १५ र १६ गते हुने लगानी सम्मेलनलाई ऐतिहासिक बनाउने र समृद्ध नेपाल निर्माणको सपना पुरा गर्न सम्मेलनको भरपुर उपयोग गर्ने पनि निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने