२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको घोराहीमा रहेको कारागारमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी

४ माघ २०७५, शुक्रबार ०२:४७

माघ ४ घोराही | दाङको घोराहीमा रहेको कारागारको क्षमता ५० जनाको भए पनि त्यहाँ अहिले २७४ कैदीबन्दी छन् । 

कारागारका सूचना अधिकृत योगेन्द्र रिजालका अनुसार हाल कारगारमा सजाय तोकिएका १६६ र सजाय नतोकिएका १०८ कैदीबन्दी छन् । उक्त कारागारमा ठाउँ अभावका कारण पुरुषलाई मात्र राखिएको छ । त्यसमा पनि क्षमताभन्दा पाँच गुणा धेरै कैदीबन्दी बस्न बाध्य छन् । 

कारागारका प्रमुख पर्साराम भुसालले जाडोमा भन्दा पनि गर्मी मौसममा कैदीबन्दीलाई बस्न र सुत्नका लागि समस्या हुने गरेको बताउनभयो । “कैदीबन्दीका लागि एउटा कोठामा एक लाइनमा बनाइएको खाटलाई दुई लाइन बनाइएको छ”, उहाँले भन्नुभयो, “कैदीबन्दीकै लागि भनेर भान्सा कोठा र कोठा बाहिरको खाली ठाउँमा त्रिपाल टाँगेर सुत्ने ठाउँ बनाइए पनि उनीहरु अटाउन मुस्किल परिरहेको छ । अब खाटमाथि खाट जोडेर पनि सुत्न दिने व्यवस्था गरिरहेका छौँ ।” 

यहाँ धेरै कैदीबन्दी भएकाले उनीहरुलाई अन्यत्र पठाउने प्रयास गरे पनि अन्तको समस्या पनि त्यस्तै भएपछि उनीहरु अन्यत्र जान सकेका छैनन् । कहिलेकाहीँ त अदालतले कैदको समय नतोकेर धेरै व्यक्तिलाई एकै पटक पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाले ह्वात्तै कैदी थपिँदा उनीहरुको खानपान र सुत्नका लागि समस्या हुने गरेको कारागार प्रमुख भुसालले बताउनुभयो । 

घोराहीमा विसं २०५८ मा कारागार भवन बनेको थियो । उहाँका अनुसार क्षमताभन्दा धेरै कैदीबन्दी भए पनि खानेपानीको व्यवस्था, नियमित स्वास्थ्य जाँच र खेलकूदका सामग्रीका साथै सबै पत्रपत्रिका एवं पुस्तकालयको व्यवस्था गरिएको छ । कारागारको नियमानुसार आइतबार, मङ्गलबार र बिहीबार आफन्तसँग भेटघाट गर्न अन्य बार आफन्तसँग फोनमा कुरा गर्न पनि दिइएको छ । त्यहाँका केही कैदीबन्दीले काठबाट निर्माण हुने टेबल, सोफा, बेन्च, खाट, दराज बनाएर मनग्य आम्दानी गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो