Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ माघ ०४ गते, बिहान ५:४९ बजे
दाङ्ग - DNG

दाङमा विद्युत चोरी गर्ने ४१ जना पक्राउ

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ४, लमही | चालू आर्थिक वर्षको अहिलेसम्म नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत चोरी गर्ने ४१ लाई कारवाही गरेको छ । चालु आर्थिक वर्षको माघसम्म पोलबाट विद्युत् हुकिङ गरेर घरायसी प्रयोजनमा ल्याउने ४१ जनाको घरमा छापामारी घरधनीलाई पक्राउ गरिएको उक्त केन्द्र प्रमुख दीपकजङ्ग चौधरीले बताउनुभयो । 

उहाँका अनुसार पक्राउ परेका व्यक्तिलाई विद्युतीय सामग्री प्रयोगको आधारमा रु दुई हजारदेखि रू ८३ हजारसम्म जरिवाना गर्दा रु चार लाख ६१ हजार १२० राजश्व सङ्कलन भएको केन्द्रका प्रशासन प्रमुख युवराज विष्टले जानकारी दिनुभयो । पछिल्लो समय विद्युत् चुहावट रोक्नका लागि उक्त केन्द्रले अनुगमनलाई तीव्रता दिँदै आएको छ । रासस