2026-09-14 02:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा बँदेल आतङ्क, ४ जना घाइते

माघ ४, परासी | पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ मा बँदेल आतङ्क बढेको छ । सो वडाका पथरहिया, सालबास, आनन्दनगर, सिमलटारी, बासाबसहीलगायत गाउँमा दिनहुँ बँदेलले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रस्त भएका छन् । 

नजिकैको जङ्गलबाट आएका बँदेलले आतङ्क मच्चाउनाका साथै अहिलेसम्म चारजनालाई घाइते बनाइसकेको छ । बँदेलले खेतमा लगाइएको हिउँदे बालीलाई नोक्सानी पुर्याउनाका साथै मानिसलाई आक्रमण गर्न थालेपछि दिउँसोको समयमा एक्लै हिँड्न पनि गाह्रो भइरहेको स्थानीयवासी बताउँछन् । 

बँदेलको आक्रमणमा परी सरावल–१ बस्ने वैजनाथ कामीको ११ वर्षीया छोरी रीता विक, वडा नं २ स्थित कुटी बस्ने वर्ष २५ का रामप्रसाद महतो, वडा नं १ बस्ने वर्ष २८ का प्रेम नारायण महतो र रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–११ बस्ने वर्ष २५ का भुवन महतो घाइते भएको बर्दघाट सवडिभिजन वन कार्यालयका रेञ्जर जयप्रकाश यादवले जानकारी दिनुभयो । 

घाइतेमध्ये चिन्ताजनक अवस्थाकी ११ वर्षीया रीता विकलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा लगिएको छ भने अन्य तीन घाइतेको देवदह मेडिकल कलेजमा उपचार भइरहेको रेञ्जर यादवले बताउनुभयो । 

बँदेल आक्रमण गरेको थाहा पाएलगत्तै उक्त कार्यालयका दुई कर्मचारी र बासाबसही प्रहरी चौकीका प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो । 

व्याडमिन्टनको बन्द प्रशिक्षण 

दक्ष र राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले पश्चिम नवलपरासीमा व्याडमिन्टनको बन्द प्रशिक्षण शुरु भएको छ । नवलपरासीको जिल्ला व्याडमिन्टन सङ्घ र परासीको रामग्राम व्याडमिन्टन क्लबको संयुक्त आयोजनामा परासीस्थित व्याडमिन्टन कभर्ड हलमा प्रशिक्षण सञ्चालन गरिएको हो । 

स्वास्थ्य र मनोरञ्जनका लागि मात्रै नभई राष्ट्रियस्तरका अब्बल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको जिल्ला व्याडमिन्टन सङ्घका अध्यक्ष शङ्कर भण्डारीले जानकारी दिनुभयो । पश्चिम नवलपरासीका व्याडमिन्टन खेलाडीको सहभागिता रहेको सो प्रशिक्षणमा पूर्व राष्ट्रिय खेलाडी धर्मराज श्रेष्ठले प्रशिक्षण दिनुभएको छ । प्रशिक्षण १५ दिनसम्म सञ्चालन हुनेछ । प्रशिक्षक नहुँदा परासीका व्याडमिन्टन खेलाडीले आफैँ नियमति अभ्यास गर्दै आएका थिए खेलाडीले आफ्नै खर्चमा प्रशिक्षण सञ्चालन गरेको रामग्राम व्याडमिन्टन क्लबका अध्यक्ष मेघराज गौतमले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ