२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुर्घटना कम गर्न सिरहा ट्राफिकले गरे चालकको आँखा जाँच

२०७५, ४ माघ शुक्रबार ०६:१९

राम नारायण पंडित । माघ ४, सिरहा । दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले सडकमै चालकको आँखा जाँच गरेका छन् । सडक दुर्घटना रोक्न सडकमै सवारी रोकेर ट्राफिक प्रहरी लगायत चिकित्सकहरुको टोलीले आज (विहिबार) चालकको आँखा परीक्षण गरेको हो । लहान नगरपालिका १ बजरंग पट्रोल पम्प अगाडी पूर्वपश्चिम लोकमार्गमा यातायात ब्यबस्था कार्यालय लहानको मेकेनिकल टिम, कामना नरसिंह होम लहानका मेडिकल टिम, सगरमाथा चौधरी आँखा अस्पतालका विशेष आँखा चेकजाँच टिम, ईलाका प्रहरी कार्यालय लहान, यातायात ब्यबसायी संघका पदाधिकारीको उपस्थितिमा चालकको आँखा परीक्षण गरिएको हो । परीक्षणका क्रममा थुप्रै चालकको आँखामा समस्या देखिएपछि औषधि उपलब्ध गराएको र थप उपचारका लागि अस्पताल जान सुझाब दिएको जिल्ला ट्राफिक कार्यालय लहानका प्रहरी निरिक्षक मिलन बस्नेतले बताए ।  


बिहानैदेखि सवारी चलाउन व्यस्त रहने चालकले आफ्नो स्वास्थ्यमा ध्यान नदिने गरेको पाइएपछि सिरहा ट्राफिकले आफ्नो मातहतका क्षेत्रमा सवारी जाँचसँगै चालकको स्वास्थ्य परीक्षणको अभियान नै सुरु गरेको हो । आँखा परीक्षणँंसंगै ट्राफिक प्रहरीले सवारीको अवस्थाको बारेमा समेत जाँच गरेको थियो । परिक्षणको क्रममा जम्मा १ सय ९६ जना चालकको आँखा जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायब निरिक्षक मनोज कुमार चौधरीले बताए । जसमा ५ जनाको कलर भिजन नभएको, १२ जनामा हाईप्रेसर भएको र ६ जनामा ब्लाइन्डनेस भएको पाईएको उनले बताए । 

चेकजाँचमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका डा. सुरतलाल महतो, ओप्टिमिष्टिक एसिस्टेन्ट रामानन्द बिक, यातायात कार्यालय लहानका मेकेनिकल सुपरभाइजर सुदिप दास लगायतका रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी