2026-07-24 06:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा गाउँपालिका भवन निर्माण गर्न स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध

माघ ४, गलकोट | बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । 

भाडाको घरमा सञ्चालन हुँदै आएको गाउँपालिकालाई का बासिन्दाले भवन निर्माणका लागि बडिगाड–५ मोहन जिसीसहित ७६ जग्गाधनीले थोरै धेरै गरी ग्वालीचौरको खारबजारमा मध्यपहाडी लोकमार्गसँग नजिक रहेको झण्डै रु चार करोड बढी मूल्य बराबरको साढे नौ रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले बताउनुभयो । 

“हामीले दाताको जग्गा गाउँपालिकाको नाममा लालपुर्जा कायम गरी लिइसकेका छौँ”, अध्यक्ष पाइजाले भन्नुभयो, “प्राप्त भएको जग्गामा गाउँपालिकालाई आवश्यक पर्ने सुविधासम्पन्न भवन निर्माणका लागि प्रदेश र केन्द्र सरकारसमक्ष माग गर्न गाउँपालिकाबाट निर्णय भई कामसमेत अगाडि बढेको छ ।” 

प्रत्येक जग्गाधनीले रु १३ हजारदेखि आठ लाखसम्मको जग्गा निःशुल्क प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताउनुभयो । निःशुल्क प्राप्त भएको जग्गामा बनेका घरको प्रतिघरको रु दुई लाखका दरले घरधनीलाई प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कार्यालय सञ्चालनका लागि अहिले मासिक रु ३५ हजार घरभाडा तिर्दै आएको छ । 

गाउँपालिकाको कार्यालय नजिकै रहेको जग्गा खारबजारभित्र पर्दछ । लोकमार्ग आसपासको क्षेत्रमा बजारको विकास गर्न र गाउँपालिकालाई स्थायित्व प्रदान गरेर गाउँको विकास गर्न जग्गा प्रदान गरिएको जग्गादाता मोहन जिसीले बताउनुभयो । “हामीले गाउँकै विकास र समृद्धि चाहेका छौँ”, उहाँले भन्नुभयो, “सबै विकासमा राज्यलाई नै पर्खनुपर्ने अवस्था अन्त्य हुनुपर्दछ ।” पुरानो खारबजारलाई प्रवद्र्धन गर्नका लागिसमेत जग्गा प्रदान गरेको जग्गादाताले बताएका छन् । 

स्थानीय सरकार आफ्नै जग्गाको कार्यालयबाट सेवासुविधा प्रदान गर्दा भाडामा खर्च हुने रकमले गाउँको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । भिन्दाभिन्दै कित्तामा रहेका जग्गा अहिले गाउँपालिकाले एकमुष्ट बनाएर आफ्नो नाममा बनाइसकेको छ । गाउँपालिकाको भवन निर्माण गरेर बाँकी रहेको जग्गामा बहुउद्देश्यीय सभाहल तथा अन्य विषयगत कार्यालय राखिने बताइएको छ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक