Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरा गाउँपालिकामा अस्थायी नून डिपो सञ्चालन

२०७५, ४ माघ शुक्रबार ०७:२२

माघ ४, बाजुरा |  जिल्लाको गौमूल गाउँपालिकामा अनुदानको अस्थायी नून डिपो सञ्चालनमा आएको छ । 

“नून लिन एक दिनको पैदल हिँडेर सदरमुकाम मार्तडी जानुपथ्र्यो, रु एक सयको नूनका लागि रु दुई हजार बढी खर्च गर्नुपर्ने बाध्यता थियो, अब सजिलो भएको छ”, गौमूल–३ गर्जेकी बिसु बोहराले बताउनुभयो । सोही वडाकी पुनी धामीले भन्नुभयो,“साच्चै सिंहदरबारको अधिकार केही भए पनि गाउँमा आएको आभास भएको छ ।” 

जनतालाई केही सजिलोको लागि नून डिपोसँग समन्वय गरी गाउँपालिकामै डिपो सञ्चालन गरी वितरण गर्ने गरेको गौमूल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिनुभयो । अध्यक्ष रोकायाले भन्नुभयो, “हामीले नून डिपो त सञ्चालनमा ल्यायौँ, अब नेपाल खाद्य संस्थानको डिपो सञ्चालन गर्न पनि पहल भइरहेको छ ।” गौमूल अस्थायी नून डिपोबाट वार्षिक दुई सय क्वीन्टल नून बिक्री गर्ने गरेको नून डिपो बाजुराका प्रमुख नरबहादुर भाटले जानकारी दिनुभयो । 

प्रत्येक अस्थायी नून डिपोबाट एक हप्तासम्म मात्र नून बिक्री वितरण गर्ने गरेको प्रमुख भाटले बताउनुभयो । हालसम्म गौमूल गाउँपालिकामा एक हजार बढीलाई नून बिक्री वितरण भैसकेको छ । गाउँमै नून बिक्री वितरण भएपछि नून लिनेको घुइँचो लाग्ने गरेको छ । 

जनतालाई सहज सेवाका लागि गौमूल गाउँपालिकालगायत खप्तड छेडेदह गाउँपालिका र हिमाली गाउँपालिकाको धुलाचौरको जुण्डीमा पनि अस्थायी नून डिपोबाट भानु आयोडिन नून बिक्री वितरण गर्ने गरिएको बाजुरा डिपो प्रमुख भाटले बताउनुभयो । हाल बाजुराका सबै अस्थायी डिपो केन्द्रबाट भानु आयोडिन नून नौ रुपैयाँमा बिक्री भइरहेको छ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ