२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा शिशु स्याहार केन्द्र स्थापना

४ माघ २०७५, शुक्रबार ०७:३१

माघ ४, डोटी | यहाँको केआइसिंह गाउँपालिका–७ स्थित भूमिराजमाडौँको सलेनामा शिशु स्याहार केन्द्र स्थापना गरिएको छ । 

ग्रामीण महिलाको कार्यबोझमा कमी ल्याउने उद्देश्यका साथ शिशु स्याहार केन्द्रको स्थापना गरिएको हो । 

उक्त शिशु स्याहार केन्द्र एक्सन एड नेपालको सहयोगमा सम विकास केन्द्र (इडिसी) नेपाल, डोटीद्वारा सञ्चालित ‘द महिला नेटवर्क परियोजना’ र केआइसिंह गाउँपालिका–७ नं वडा कार्यालयको संयुक्त लगानीमा निर्माण गरिएको समविकास केन्द्र (इडिसी) नेपाल डोटीले जनाएको छ । 

केआइसिंह गाउँपालिका वडा नं ७ मा रहेको लाटाकलारै आधारभूत विद्यालयसँगै रहेको जमीनमा समविकास केन्द्र डोटीको रु छ लाख ३८ हजार र उक्त वडाको रु दुई लाख गरी जम्मा आठ लाख ३८ हजारको लगानीमा केन्द्रको दुई कोठे भवन निर्माण गरी कक्षा सञ्चालन भइसकेको ७ नंं वडाका अध्यक्ष हर्कबहादुर विष्टले जानकारी दिनुभयो । तीन वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकाको स्याहार तथा उनीहरुको सिकाइ ज्ञान अभिवृद्धि गर्न र ती बालबालिकाका आमाको कार्यबोझमा कमी ल्याई उनीहरुलाई उत्पादनमूलक कार्यमा संलग्न गराउन शिशु स्याहार केन्द्र स्थापना गरिएको सम विकास केन्द्र डोटीका कार्यक्रम प्रबन्धक महेश टेलरले बताउनुभयो । 

उक्त केन्द्रमा हाल ३० जना बालबालिका भर्ना भई कक्षा सञ्चालन भइसकेको लाटाकलारै आधारभूत विद्यालयका प्रधानाध्यापक गगन बलायरले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन