Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीमा नदीजन्य वस्तुको चोरी निकासी

२०७५, ४ माघ शुक्रबार ०८:२२

माघ ४, म्याग्दी | बेनी नगरपालिका क्षेत्रका बगरबाट नदीजन्य वस्तुको चोरी निकासी भइरहेको छ । नगरपालिका र सरोकारवालाको बेवास्ताका कारण ठेक्का नलागेका बगरबाट अवैधरुपमा नदीजन्य वस्तुको उत्खनन् र चोरी निकासी भएको हो । 

बेनी नगरपालिका–२ बगरफाँट र ३ नं वडा भकिम्लीको दूधेखोला क्षेत्रमा पर्ने म्याग्दी नदीको किनारबाट ढुङ्गा, गिटी र बालुवाको अवैधरुपमा उत्खनन् र चोरी निकासी भएको जनाइएको छ । स्थानीय तहसँग सम्झौता गरी राजस्व तिरेर मात्र नदीजन्य वस्तुको उत्खनन् र निकासी गर्न पाइने नीतिगत व्यवस्था छ । ठेक्का नलागेका बगरबाट नदीजन्य वस्तुको उत्खनन् गर्नु अवैध भएको जनाइएको छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बगरफाँट र दूधेखोलाको बगरमा नदीजन्य वस्तु उत्खनन् गर्न ठेक्का नलागेको बताउनुभयो । ठेक्काविना नदीजन्य वस्तुको उत्खनन् गर्नेलाई कारवाही गरिने प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । 

जिल्ला अनुगमन समितिका संयोजकसमेत रहनुभएका जिसस प्रमुख देवेन्द्र केसीले नदीजन्य वस्तुको उत्खनन् र निकासीलाई व्यवस्थित तथा कानूनी दायरामा ल्याउन सुरक्षा निकाय र नगरपालिकासँग समन्वय गरेर अनुगमन गरिने बताउनुभयो । ठेक्का लगाइएका र उत्खनन् भइरहेका बगरको अनुगमन गर्न सहायक प्रजिअ लीलादेवी अर्यालको संयोजकत्वमा उपसमिति गठन भएको छ । अग्निखेत, डम्मरा र चुत्रेनीको बगर उत्खनन्का लागि टाकुर विकास विल्डर्सले नगरपालिकासँग रु १५ लाख ५० हजार कबोल गरेर ठेक्का लिएको थियो । 

जोगीगाडे, माथिल्लो चुत्रेनी, बगुवाखोला र सर्जनीको बगरका लागि विकास निर्माण सेवाले रु १४ लाख ७२ हजार ७०० कबोल गरेर ठेक्का लिएको छ । उच्च अदालत बागलुङको परमादेशका कारण नगरपालिकाले कालिगण्डकीको बगरमा यस वर्ष ठेक्का लगाएको छैन । 

टाकुरा विल्डर्सका सञ्चालक कुवीरकुमार श्रेष्ठले कर नतिरिकन अवैधरुपमा नदीजन्य वस्तुको उत्खनन् र चोरी निकासी भएकाले बगर ठेक्कामा लिएका व्यवसायीलाई मर्का परेको गुनासो गर्नुभयो । 

डोले–स्वर्गाश्रम पदमार्ग निर्माण सुरु 

बेनी नगरपालिका ३ डोलेदेखि धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रम र बेलुढुङ्गा जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । पर्यटन बोर्डको सहयोगमा भकिम्लीको डोले र मुसुङका बासिन्दाहरुले डोले मुसुङ हुदै स्वर्गाश्रम र बेलढुङ्गा जोड्ने पदमार्ग निर्माण सुरु गरेका हुन । सांसद भुपेन्द्रबहादुर थापाको पहलमा पर्यटन बोर्डबाट बिनियोजन भएको दुई लाख रुपैयाँ बजेटबाट ६० मिटर पक्कि पदमार्ग निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर थापाले जानकारी दिनुभयो । 

यसपालि पनि बजेट ब्यवस्थापन गरेर अप्ठ्यारो, घुम्ती र जोखिमयुक्त ठाउँमा पदमार्ग निर्माण गर्न पहल गरिएको थापाले बताउनुभयो । पूर्वाधार र प्रचार प्रसारको कमीले धार्मीक तथा पर्यटकीय हिसावले सम्भावनायुक्त भएर पनि ओझेलमा परेको स्वर्गाश्रम र बेलढुङ्गाको पर्यटन विकासमा स्थानीयबासी सक्रिय भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित